भावी नेतृत्व चयनका लागि बारले अपरान्ह १२ बजेवाट मतगणना सुरू गर्ने

 

काठमाडौं, २३ चैत । गत शनिवार सम्पन्न नेपाल बार एशोसियनकाे निर्वाचनकाे मत गणना केही बेरमा सुरू हुदैँछ ।

Nepal life insurance

अपरान्ह १२ बजेवाट सुरू हुने मतगणनाका लागि देशैभरीका ३६ मतदान केन्द्रकाे मतपेटिका काठमाडाैं ल्याइसकिएकाे छ ।

शनिवार बिहान ८ः०० बजे देखी ४ बजेसम्म भएकाे  निर्वाचनमा भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको छ।

नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्।  बारमा अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ ।  जसअनुसार वरिष्ठ अधिवक्ता प्रा.डा मिश्र, वरिष्ठ अधिवक्तासहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहने छन् ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका मध्ये ८० प्रतिशतले मतदानमा सहभागी भएका छन् ।  उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका मध्ये काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतमा थियाे, जसमा  करिब ६ हजार मतदाता रहेका छन् ।

 

Nepal life insurance