इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैग्लोर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा बैग्लोरले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९ रन मात्र बनाउन सक्यो।
मुम्बईलाई कम स्कोरमा रोक्न क्रुनाल पाण्ड्याले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा ४५ रन खर्चे।
यश दयाल र जोस हज्लेवुडले समान २ विकेट झारे। भुवनेश्वर कुमारको नाममा एक विकेट रह्यो।
मुम्बईका लागि तिलक वर्माले बनाएको ५६ रन नै सर्वाधिक रह्यो। कप्तान हार्दिक पाण्ड्याले ४२ रन थपे। सुर्यकुमार यादवले २८ र विल ज्याक्सले २२ रन बनाए। ओपनर रोहित शर्मा र रायन रिकेल्टोनले समान १७ रन बनाए।
त्यसअघि मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बैग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २१ रनको योगफल तयार पारेको थियो।
बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
प्लेयर अफ दि म्यान समेत बनेका कप्तान रजत पाटिदारले ६४ रन थपे। उनले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। जिेतश शर्मा ४० रनमा अविजित रहे। देवदुत पाडिक्कलले ३७ रन थपे।
मुम्बईका टे«न्ट बोल्ड र हाििर्दक पाण्ड्याले समान २ विकेट लिए।
लिगमा चारमध्ये तीन खेलमा जित र १ खेलमा हार भोगेको बैग्लोर ६ अंकमा तेस्रो स्थानमा रहेको छ।
यता पाँच खेलमा १ खेलमा जित र ४ खेलमा हार भोग्दै २ अंक मात्र जोडेको मुम्बइ अंक तालिकाको आठौँ स्थानमा रहेको छ।
आईपीएलमा मंगलबार दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा कोलकता नाइट राइडर्स र लखनउ सुपर किंग्स खेल्नेछन्। सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।
आज नै हुने दोस्रो खेलमा पञ्जाव किंग्स र चेन्नइ सुपर किंग्स भिड्नेछन्। यो खेल राति पौने ८ बजे सुरु हुनेछ।