-रुद्रमणि भुसाल, अर्घाखाँची ।
चैत्र २६, अर्घाखाँची । मुलुकको कृषि क्षेत्रलाई निर्वाहमुखी प्रणालीबाट माथि उकासेर व्यावसायिक उन्मुख गराउन सरकारले कृषि क्षेत्रको विकासमा विशेष महत्व दिई कृषकलक्षित विभिन्न अनुदानका कार्यक्रम सञ्चालन आएपनि प्रभाबकारी हुन नसकेको अर्घाखाँचीका सरोकारवालाको भनाई छ ।
कृषि अनुदान कहाँबाट र कुन प्रक्रियाले पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले ल्याएको अनुदान कार्यक्रमबाट वास्तविक कृषकभन्दा टाठाबाठा र बिचौलियाले फाइदा लिइरहेको र अनुदान लिएर बिचैमा छाड्ने गरेको अर्घाखाँचीका किसान दुर्गाप्रसाद श्रेष्ठले गुनासो गर्नुभयो।
कतिपय किसानले उब्जनी गरेको तरकारीलगायतको ब्यवसस्थित हाडबजार नहुदा बजारीकरणमा समस्या रहेको भन्दै उनीहरुले प्रशासन र स्थानीयतहलाई सहजीककरण गर्न वरिष्ठ कृषक पुष्कर बन्जाडेको माग छ।
मुलुकको कुल जनसङ्ख्याको ६२ प्रतिशत अद्यापि कृषि पेसामा आबद्ध रहेको राष्ट्रिय कृषि गणना, २०७८ ले देखाएको छ । ४० लाखभन्दा बढी परिवारले कृषिलाई पेसाका रूपमा अँगालेका भए पनि आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने परिवारको सङ्ख्या देशभर ५५ प्रतिशत रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ,अर्घाखाँचीले आयोजना गरेको .उत्पादक कृषक व्यापारी र व्यवसायी विच बजार प्रवर्धन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्रि कृषि परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख बिष्णु मग्रातीले कृषिजन्य उपजहरूको पजारीकरण तथा विविध पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्दै अनुदानको रकम किसानले भनेजस्तो दुरुपयोग नभएको र सरकारले क्रमस अनुदानका कार्यक्रम हटाउदै गएको बताउनु भयो । सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अनुदानका कार्यक्रम आगामी कार्यक्रबाट सबै बन्द गर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सरकाले कृषि उपकरण, कृषि पूर्वाधार निर्माण, मल, बिउ, औजार र बिमाका लागि कृषि अनुदान वितरण गर्ने व्यवस्थाले आवश्यकता बिना पनि अनुदान लिने गरेको बताउनु भयो ।
अनुदानसम्बन्धी सरकारी नीति स्पष्ट र पारदर्शी नहुँदा त्यसको फाइदा बिचौलियाले लिइरहेको देखिएको छ । सरकारको नीतिमा कस्ता प्रकृतिका किसानलाई अनुदान उपलब्ध गराउने भन्नेभन्दा पनि बजेट उपलब्धताको आधारमा सजिलो हुने हिसाबले अनुदान वितरण हुने गरेको पाइएको छ । अधिकाश किसानले बढी मुनाफा लिने नाममा अधिक बिसादी प्रयोग बढाएकाले अनुगमन गर्न जरुरी रहेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ अर्घाखाँचीका प्रमुख विष्णु पौडेलले पशुजन्य उपजहरूको बजारीकरण र व्यवस्थापनमा विशेषगरी ध्यान दिएको बताउनुभयो । थोरै बजेट भएकाले किसानको माग अनुसारका योजनाहरू गाउँमा दिन नसकेको बताउनुभयो । सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले हाडबजार सञ्चालन कार्यविधि २०८१बनाएर नगरपालिकाले कार्यान्वयनमा ल्याएकाले कृषक तथा सरोकारवालाहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा भूमिकास्थल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश चन्द्र नेपालीले समग्र अनुदान कार्यक्रमलाई कर्मश प्रभावकारी ढंगले अघि बढाउनका लागि अनुगमन र पारदर्शिताको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा अर्घाखाँचीका ६ वटै स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि कृषक सरोकारवाला सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम कृषिजोन अर्घाखाँचीकी कर्मचारी भगवता चौहानको सञ्चालनमा सम्पन्न भएको हो।
थप तस्बिर: