काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरुले आमसभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन । राप्रपाले आज बल्खुमा आयोजना गरेको खबरदारी सभा सकिएपछि नेता कार्यकर्ता र स्वयंमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको थिए ।
यस अघि मञ्चबाटै उपस्थितहरुलाई फोहोर नगर्न आग्रह गरिएको थियो । काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न चेतावनी दिएका थिए ।
उनले भनेका थिए, ‘हाम्रो बालेनजीलाई,यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ‘।
यसको जवाफमा बालेनले पनि कसले फोहोर गर्छ र जरिवाना काटौला भनेर कोहि नबसेको भन्दै सभा सकिएपछि सफा गरिएको राप्रपालाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।
राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ‘।