‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ’ : राजेन्द्र लिङ्देन

 

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख एमोलेको युवा संघको सहअध्यक्ष भएको आरोप अगाएका छन् । बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रहरीले प्रहरी भएर काम गर्नुपर्ने बताएका हुन् ।

Nepal life insurance

उनले भने, ‘तीनकुनेको आन्दोलनमा भएका घाइतेको कुनै हिसाब छैन । भौतिक क्षति भयो त्यसको कुनै हिसाब छैन । त्यसमा अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छ । अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ, हेर्नुहोस् त ।

हामीले भटेको खोकाहरु, अश्रुग्यासका सेलका पोकाहरु जहाँ एक्सपाइरी डेट २००८ लेखेको छ, २०१०, २०१२ लेखेको छ त्यो नक्कली हो ? दुर्गा प्रसाईँहरुले बोकेर ल्याएर हानेको अश्रुग्यास हो त्यो ? अनि त्यो प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रुगयास कसरी डेट एक्सपाएर भएको हुन्छ ? भन्छ ल । म भन्न चाहनछु, प्रहरी प्रहरी भएर बस्नुपर्छ ।

कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन । तपाईँलाई त्यो फुली लाइदिने दलका नाइकेहरु सधैँ सत्तामा हुँदैनन् । र तिनीहरुको सधैँ हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु ।’ 

 

Nepal life insurance