आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।

Nepal life insurance

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा  थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५२ र बिक्रीदर ८५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रुपैयाँ २६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

Nepal life insurance