आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो

 

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

Nepal life insurance

आज अमेरिकी डलरर बहराइन दिनारको मूल्य उल्लेख्यरुपमा घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो।  आज युरोपियन युरोको मूल्य पनि उल्लेख्य मात्रामा बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा छ। विगत दुई दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९५ पैसा  थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७१ र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५२ र बिक्रीदर ८५ रुपैयाँ ८९ पैसा  थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रुपैयाँ २६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७६ पैसा

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

Nepal life insurance