आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर: हिजो घटेका अमेरिकी डलर र बहराइन दिनारको मूल्य आज स्थिर

 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।  हिजो घटेका अमेरिकी डलर र बहराइन दिनारको मूल्य आज स्थिर छ। त्यसैगरि हिजो बढेका अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका मुद्राको विनियमदर पनि आज घट्बढ् भएको छैन।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

Nepal life insurance

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा छ।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा छ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७१ र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा छ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

 

Nepal life insurance