‘एक जनालाई पिटेको छैन्, तर १७ हजार मार्यो भन्नु दुःखद्’

अध्यक्ष दाहालले एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका छन्। शनिबार खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले छिट्टै पूर्णता पाउने बताएका हुन् । संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा सबै पक्ष सहमत भएकाले त्यसको काम तीव्रताका साथ अघि बढ्ने उनले बताए। ‘हाम्रो नियती नै त्यस्तै छ। संविधानसभा पनि दुईपटक गठन गरेर संविधान जारी ग¥यौँ। सिफारिस समिति पनि तीनपटक गठन भइसक्यो। यसपटक यसले आयोगलाई छिट्टै पूर्णता दिन्छ,’ उनले भने।

Nepal life insurance

यसैगरी अध्यक्ष दाहालले एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको बताए। उनले युद्धमा राज्य पक्षले कति मार्यो? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त? भन्दै प्रश्न गरे।

‘सेना समायोजन र हतियार व्यवस्थापनको कुरामा पनि सबैभन्दा बढि जोखिम माओवादी केन्द्रले नै उठायो। आफ्नो पार्टी विभाजनमा जाने देख्दादेख्दै पनि हतियार व्यवस्थापन आजकै दिन हुनुपर्छ भएन भने भोलि थुप्रैको हत्या हुनसक्छ भन्न सक्ने पार्टी भनेको माओवादी केन्द्र नै हो,’ उनले भने, ‘यसको डिफेन्ड गर्न, माओवादीकै  लिडरसिप हो भन्न तपाईंहरुलाई किन गाहे भैइराखेको छ ? हतियार  व्यवस्थापन र सेना समायोजन जोखिम उठाएर पनि माओवादीले टुङ्ग्याएकै हो भन्न तपाईंहरुलाई कठिन किन भइराखेको छ? एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिराख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्य पक्षले कति मार्यो? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त?’

उनले १७ हजार प्रचण्डले मार्यो भन्छन् तर आफूले छैन अहिलेसम्म हत्याको त कुरै छोडिदिनुस् एक जनालाई पनि नपिटेको बताए।

‘१७ हजार माओवादीले मार्यो, प्रचण्डले मार्यो भन्छन् । तर मैंले एक जनालाई पिटेको पनि छैन। अहिलेसम्म हत्याको त कुरै छोडिदिनुस् । युद्धको नेतृत्व मैले गरेको हो। शान्ति प्रक्रियामा आइसकेपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै छु,’ उनले भने, ‘तर यति धेरै गलत आरोप लागिराख्दा कोही पनि यसमा बोलेको देखेको छैन। यसरी नबोल्दा शान्ति प्रक्रियालाई साँचो अर्थमा निश्कर्ष र दिगो बनाउन सकिँदैन। सत्यलाई सत्य भनेर राख्ने आँट गर्न सकिँदैन भने हामीले कसरी समाजलाई एउटा नयाँ स्थायित्व र रुपान्तरणतिर लान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु।’  -KP

 

Nepal life insurance