अर्घाखाँची समाज जापान क्षेत्रीय समिति जापानको प्रथम अधिवेशन नागोयामा हुँदै!!

अर्घाखाँची समाज जापान क्षेत्रीय समिति जापानको प्रथम अधिवेशन नागोयामा हुँदै!!

अर्घाखाँची समाज जापान क्षेत्रीय समिति जापानद्वारा आयोजित प्रथम क्षेत्रीय अधिवेशन यही आउँदो २०२५ मे २५ तारिक, दिउँसो १२ बजे जापानको नागोया स्थित दियालो रेस्टुरेन्टको हलमा  सम्पन्न हुने भएको छ।

कार्यक्रममा अर्घाखाँची जिल्लाबाट जापानमा रहनुभएका विभिन्न व्यक्तित्वहरू, समाजसेवीहरू, मातृ संस्थाका प्रतिनिधिहरू तथा विभिन्न संघसंथाका प्रतिनिधिहरूकोआतिथ्यता तथा उपस्थिति रहने छ।

समाजको पहिलो क्षेत्रीय अधिवेशन भएकाले यसलाई महत्वका साथ हेरीएको र

यस अधिवेशनले अर्घाखाँची समाज जापानलाई संस्थागत रूपमा सुदृढ पार्दै आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको अर्घाखाँची समाज जापानका महासचिव अर्जुन आचार्यले बताए।

अधिवेशनमा संगठनको भावी योजना, नेतृत्व चयन, कार्यदिशा निर्धारण तथा जापानमा रहेका अर्घाखाँचीबासीहरूका हितमा केन्द्रित विषयमा गहन छलफल गरिने अर्घाखाँची समाज जापानका अध्यक्ष कृष्ण केसीले जानकारी दिए।

   अधिवेशन आयोजक समिति संयोजक मनोज खनालका अनुसार अधिवेशनको तयारी स्वरूप विभिन्न चरणमा काम भईरहेको छ  र कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन चुबु, मीएकेन र नागोया क्षेत्रका सम्पूर्ण अर्घाखाँचीबासीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई गौरवपूर्ण बनाउन आग्रह एवम् निमन्त्रणा गरिएको छ।