नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको दाबी

 

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार बन्न सक्ने दाबी गरेका छन् ।

Nepal life insurance

आज गृहजिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने आधार बनेको दाबी गरेका हुन् ।

‘नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले ‘सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्याएको ‘जवाफ दिए ।

‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।’ प्रचण्डले भने ।

आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको र त्यो दिशातिर गैरहेको दाबी उनले गरे । सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने नै सही कुरा हुने उनले दोहो¥याए ।

‘पछिल्लोचोटि थुप्रै नयाँ अनुभवसहित भन्या हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस् । मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो । मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।’
नयाँ वर्षमा मुलुकले निकास पाउने उनको भनाई छ ।

‘चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ । तर सरकार संवेदनशील छैन । डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’ प्रचण्डले भने ।

 

Nepal life insurance