– काशिराम घिमिरे।
लोकतान्त्रिक गणतन्त्रको लगभग दुई दशकको हाराहारीमा पुगिरहँदा देशमा पुन जनपक्षीय असन्तुष्टि देखिरहेको छ। देशमा देखिने यस्ता असन्तुष्टि हरु लाई सम्बन्धित निकायले बेलैमा सम्बोधन गर्न सकेन भने यसको रुप अझ ससक्त बन्न सक्छ। नेपालमा जनताको असन्तुष्टि बाटै विभिन्न आन्दोलन भइ त्यहीँ आन्दोलनले ब्यबस्था नै परिबर्तन गरेको पाइन्छ। पछिल्लो समय कुनै पार्टी विशेषको भन्दा पनि स्वतस्फूर्त सर्वसाधारण नागरिकको असन्तुष्टि सरकार प्रती उत्कर्समा पुगेको देखिन्छ।
जनता परिवर्तनका सम्बाहक हुन उनिहरुले यसरी स्वतस्फूर्त रुपमा आन्दोलन मार्फत आइ परिबर्तन खोजे भने कसले रोक्ने। सासकहरुले जनता बाट नै निर्वाचित भएर आएपछि जनअपेक्षा अनुसार आफ्ना गतिविधि हरु सेवा हरु दिन सक्नुपर्छ ।जहाँ पनि जनता नै जनार्दन हुन।उनिहरु के चाएका छ्न उनिहरुको असन्तुष्ट केमा छ दल र दलियतन्त्र सासकले अबस्य बुझ्नु जरुरी छ।
यी सर्वसाधारण जनताले नै सात सालको प्रजातान्त्रिक आन्दोलन र पन्चायती आन्दोलन र ४७सालको जनआन्दोलन र ६२/६३को जनआन्दोलन गरेका थिए ।जसले २००७सालमा राणाशासन हटेको थियो र २०४७सालमा पञ्चायती शासन हटेको थियो बौदल प्राप्त गरयो र २०६२/६३को जनआन्दोलनले राजतन्त्रको अन्त्य गरि संघिय लोकतान्त्रिक गणतन्त्रको निर्माण भयो।
जनतालाइ आश्वासनको पहाड थुपारेका यी दलहरुले उनिहरुका माग र आफ्ना बाचा भुल्नाले यी समस्या आएको पाइन्छ। बिकाश निर्माणमा राजतन्त्र बादक भनिथ्यो र उधोग धन्दाको बिकाश रोजगारी सिर्जना गुणस्तरीय स्वास्थ्य शिक्षा आधुनिक कृषि प्रणाली बीउ विजन स्वस्थ्य खानेपानी सिंचाइको प्रबन्ध ।बाटोघाटोको सुविधा आदि धेरै मिठा आस्वासन त्यतिबेलाको आन्दोलनमा थिए ।
आन्दोलन सफल भयो राजतन्त्रको अन्त्यपनी भयो र त्यस अनुरुप अन्तरिम संविधान लागू भयो र नेपालको संविधान २०७२पनि जारी भइ लागु गरियो। राज्यको पुनसंरचनागरियो ७५३स्थानीय निकाय र सात प्रदेश र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपाल भयो।बिगतको यो कालखण्डमा मुख्य दल हरु काङ्ग्रेस एमाले र माओवादी सत्तामा पटकपटक नेतृत्व गरिसकेका छ्न तर परिवर्तनका ठुला भासण गर्ने दलहरु भने आफ्ना बाचा हरु बाट पटकपटक बाट झुकिसकेका छ्न ।तर्किएका छ्न। भागिरहेका छ्न।आफ्ना बाचा पुरागर्न सकिरहेका छैनन् ।
गतबर्सको १८खर्ब ६०अर्बको हाराहारीको बजेट सरकारले जारी गरिरहँदा चालुखर्च ६१.३१ प्रतिशतमा छ भने बिकाशको बजेट मानिने पूँजिगत खर्च सरकारको १८.९४प्रतिशतमा छ र बित्तीय ब्यबस्थापन तर्फ सरकारले १९.७४प्रतिसत छुट्याएको देखिन्छ।
यसरी यो ब्यबस्था निकै महङो भयो हरेक क्षेत्रमा खर्चमात्र बढी हुने र आम्दानी त्यसअनुरुप नहुदा राजस्वले चालू खर्च धान्न मुस्किल देखिन्छ ।पुँजीगत खर्च मानिने बिकाश खर्चको लागि आन्तरिक तथा बाहय क्षेत्रबाट ऋणतथा धनको ब्यबस्थापन गर्नुपर्ने हुन्छ।
एकातिर सरकारको खर्च बढी छ भने भनेजती बिकास गर्न सकिरहेको छैन ।अर्कोतिर आन्तरिक तथा बाहक ऋणको चुली थुपारिदै छ।बिगतको १८उन्नाइस बर्षमा सरकारी ऋणको मात्रा २७खर्ब हाराहारीमा भएको सरकारी तथ्यांकमा देखिन्छ।
देशमा नेताको स्तर फेरियो तर जनताका पिर मर्काहरु ज्युका त्युहु नै छ्न।जनताकोलागि उधोगधन्दाको बिकास राम्रो नहुदा रोजगारी सिर्जना गर्न सकिराखेको छैन स्वास्थ सेवा निकै महङ्गो छ ।राम्रो अस्पतालको सेवालिन संघिय राजधानी धाउनुपर्ने हुन्छ।गुणस्तरीय शिक्षा सरकारले दिन सकिरहेको छैन ।
प्रसासनिक झन्टट उत्तिकै देखिन्छ।देशमा भस्टचारले सिमा नाघिसक्यो यहीँ बिचमा दलहरू विभिन्न काण्डले गर्दा जनता थप आक्रान्त देखिन्छ्न।क्यान्टोनमेन्ट काण्ड वाइटबोडी काण्ड ,गिरिबन्धु ॐनि ,भुटानी सरणार्थी बालमन्दिर लगायत धेरै काण्डमा दलहरु फस्दा जनताले उनिहरुमाथी प्रस्न खडा गरिरहेका छ्न।सत्यतथ्य माग गरिरहेका छ्न।मंहगी उत्तिकै छ।
ब्याप्त भस्टचार चरम बेरोजगारी र महङ्गो बस्तु भाउले जनता आक्रान्त छ्न असन्तुष्टि छ्न । यहीँ कारण बाट असन्तुष्ट भइ शिक्षित बर्ग र काम गर्न सक्ने नौजवान युवबर्ग बिदेशिन बाध्यछ्न ।शिक्षित बर्ग बिदेशीनु निकै दु:खद पक्ष हो ।यहीँ चाल र यहीँ ब्यबस्था रहिरहनेहो भने उनिहरुको गन्तव्य नै उतै हुनसक्छ।
अब देशमा बर्तमान देशको असन्तुष्टि बारे बेलैमा सम्बोधन हुनसक्नु पर्छ।बेलैमा यसको सम्बोधन नभए यसले भोलि अझ ससक्त रुप उघ्र रुप लिन सक्छ।पटकपटक सत्तामा पुगेका दलका मुख्री नेताहरु नेतृत्वमा असफलता हासिल गतिसके यिनिहरुले सबै पार्टीमा युवसक्तिलाइ आफ्नो अभिभारा सुम्पनु पर्दछ।
नयाँ युवसक्तीको नेतृत्व देशमा आबस्यक देखिएको हुँदै युवानै परिवर्तनका सम्बाहक भएको हुँदा उनिहरुमा नै जोस जागर इच्छा शक्ति योजना भिजन रहेको पाइन्छ।जसको नेतृत्वले देशमा राम्रो प्रभाव पार्न सकोस । बिदेशी लगानी भित्र्याउन बाताबरण सिर्जना गर्न सकोस् र बिदेशिएका हाम्रा युवसक्ती दाजुभाइलाई देशमै रोजगारी सिर्जन गर्न सकुन।
उक्त नेतृत्वले देशमा भस्टचारनिर्मुल पारी प्रसासनिक संयन्त्र चुस्त र दुरुस्त राख्न सकोस ।देशमा उधोग धन्दाको बिकास गरि रोजगारी दिन सकोस स्वास्थ्य शिक्षा गाँस बास कपासको ब्यबस्था गर्न सकोस् ।
अब यो देशमा नयाँ युवासक्तिले नेतृत्व लिनुपर्छ।जसले देशमा राम्रो योजना प्रस्तुत गर्न सकोस ।गुणस्तरीय स्वास्थ शिक्षा गाँस बास कपास शान्ति सुरक्षा उधोग धन्दाको बिकास विशेषगरी उत्पादन मुलक उद्योग हरु र कृषि पर्यटन हाइड्रो क्षेत्रको बिकास को साथै स्वदेश तथा बिदेशी लगानी कर्ताहरुलाइ लगानीको बाताबरण चुस्त प्रशासन भस्टचार मुक्त सिमानाको रक्षा ।युवासक्ती लाई स्वदेशमा बस्ने बाताबरण सिर्जना गर्न नयाँ नेतृत्वले मात्रै सक्छ।
अर्कोकुरा आगामी बजेटमा अनावश्यक रुपमा गरिने सरकारी खर्च हरु कम गर्दै कटौती गर्दै लानुपर्ने हुन्छ। जसले चालुखर्च कम गरि पूँजिगत खर्चमा बढी गर्ने र बिकास निर्माणका तदारुकता साथ लाग्नुपर्ने देखिन्छ। बर्सेनि लगभग १२देखि १४अर्ब रुपैयाँ खर्च हुने प्रदेश हरुमा त्यसको आजसम्मको परिणाम के कति छ यसमाथि प्रश्न उठिरहेको पाइन्छ । ऐलेको समयमा देखिएको एउटा असन्तुष्टिको माग हिन्दू रास्ट छ ।
८१प्रतिशत माथी जनसंख्या रहेको हिन्दूहरुको बाहुल्य देशमा धर्म निरपेक्षता केही ब्यक्तिको लागि गरिएको थियो ।हिन्दु राज्य प्रदेशको संख्या र यो निर्वाचन प्रणालीमा कुनै दलको स्पष्ट बहुमत नआउने र सधैं देशमा अस्थिर भइरहने हुँदा यो प्रणालीमा कानुनी रुपमै संसोधित हुन जरुरी देखिन्छ।यसले बर्तमान समस्याको हल र देशलाई पनि सहि दिशा दिनसक्छ । अर्कोतर्फ उद्योग धन्दाको बिकास गरि रोजगारी सिर्जना गर्न सक्नुपर्छ ।
जसले बेरोजगार युवासक्ती लाई रोजगार हुनाले पनि एकातर्फ बिदेश युवासक्ती पलायन रोकिने र अर्कोतिरउनिहरुका असन्तुष्ट हरु हलहुने हुँदा ।बर्तमान समस्या कम हुनसक्छ ।देशमा आधुनिक कृषि प्रणाली फलफूल तरकारीमाछामाशुको उत्पादन देशलाई आत्मनिर्भर हुनसक्नु पर्छ।बिदेशी तरकारी कृषि खाद्यान्न लाई निरुत्साहित गर्न सक्नुपर्छ बिदेशी फलफूल तरकारी रोक्नुपर्छ ।
यश क्षेत्रमा बिकास गर्न सके लाखौं ब्यक्ती यसक्षेत्रमा आत्मनिर्भर रोजगार हुनसक्छ्न ।जसको लागि सरकारी तहबाट सहुलियतपूर्ण कर्जा अनुदानको ब्यबस्थाहुनुपर्छ बैकिङक्षेत्रमा लगानी योग्य रकम ७खर्ब देखिएको पाइन्छ ।यसलाई कृषि पर्यटन हाइड्रो उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सक्नुपर्छ जसले गर्दा देशमा लगानी बढने त्यस अनुरुप रोजगारी बढने हुन्छ ।बर्तमान असन्तुष्ट हरु कमि हुने आकलन गर्न सकिन्छ।
त्यसैले ऐलेको असन्तुष्ट मुख्य रूपमा बेरोजगार र हिन्दुराज्य निर्वाचन प्रणाली बारे संविधान संसोधन ।नयाँ युवासक्तिको नेतृत्वको आबस्यकता हो। ऐलेको अबस्थामा यहीँ गणतन्त्रलाई नै ब्यबस्थित गरि संविधान संसोधित गरि केही परिमार्जन गरि देशलाई जनतालाइ सहज हुने गरि अगाडि बढनु हो। अर्कोतिर मुख्य दलहरुले आफ्ना बिगतका गल्ती कमिकमजोरी को बिस्तृत रुपमै आत्मसमिक्षा गरि सच्चिने समय हो ।उनिहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु हो।देशको माग भनेको नयाँ युवाको नेतृत्व हो।सच्चा देशभक्त देशलाई सहि दिशानिर्देश गर्ने ब्यक्ति अत्यन्तै खाँचो छ ।
एउटा भिजन भएको उत्कृष्ट योजना कारको आबस्यकताको हो। जसले सुन्दर नेपालको परिकल्पना गरि देश र जनता साक्षी राखी नेपाल आमा मात्रुभुमी लाई बिकसित गर्न सकोस् यो बुद्धको शान्तिको देशलाइ शान्ती ल्याउन सकोस् बिकास गर्न सकोस बेरोजगारी हटाउन सकोस सिमानाको हाम्रो मिचिएको कालापानी लिपुलेख लिपियाधुरामा हाम्रा सैनिकले पलेट खेल्न सकुन हामी त्यहीँ घर बनाइ बस्न सकौ त्यहाँको पानी अमृत सरि पिउन सकौ यस्ता दर्जनौं ठाउँको सिमाना विवाद मिलाउन सकौस ।
सबै नेपाली लाई खुशी र सुखी पार्ने यो सुन्दर देशलाई एउटा स्वर्गको टुक्रा सुन्दर नेपाल बनाउन सकोस् ।आजको आबस्यकता सक्षम र युवा नेतृत्वको हो।त्यसैले जनताको असन्तुष्ट मुख्य त नेतृत्व प्रती नेतृत्वको शैली प्रती र यो भद्रगोल ब्यबस्थाप्रती हो।यसको निकास आजको मुख्य आबस्यकता हो।
– लेखक तथा बिश्लेसक : काशिराम घिमिरे