वासिंगटन डिसी, १ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ नियम लागू गरेको छ, जसअनुसार अमेरिकामा बसोबास गर्ने सबै आप्रवासी, चाहे उनीहरू एच १ बी भिसा वा विद्यार्थी भिसा जस्ता कानूनी भिसामा छन्, उनीहरूले २४ घण्टा कानुनी कागजात बोक्नु पर्ने भएको छ।
ट्रम्प प्रशासनले लागू गरेको यो नियम अप्रिल ११ बाट लागू भइसकेको जनाइएको छ । ट्रम्पको आदेश ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेसन’ अन्तर्गत यो नियम लागू गरिएको हो ।
यो नियमको उद्देश्य अमेरिकामा बस्ने गैरकानुनी आप्रवासीमाथि कडाइ गर्नु हो। यो नियम लागू गर्न अमेरिकी अदालतबाट स्वीकृति प्राप्त भएको छ ।