-हृदय भुसाल अर्घाखाँची ।
अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड न २ देबिकास्थान झाक्रीसाला टोलबिकास संस्थाको आयोजनामा नबबर्ष २०८२को विशेष अबसरमा विविध सास्कृतिक कार्यक्रम एबम भलिबल प्रतियोगिता कार्यक्रमको सोमबार उद्घाटन गरिएको छ ।
कार्यक्रमको एक विशेष समारोहका बीच उद्घाटन गर्दै भुमिकास्थान नगरपालिका नगर प्रमुख झबिलाल थापाले नयाँ बर्षको अबसरमा सुभकामना व्यक्त गर्दै थापाले संस्थाले आयोजना गरेको कार्यक्रमले स्थानिय कला, संस्कृतीको जग्रेर्ना,खेल क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
नगरपालिकाले उत्पादन र स्वरोजगारका विशेष कार्यक्रम अगाडि बढाएको भन्दै सबैजना नगरले संचालन गरेको प्याज खेती,पोस्करका झोला टोपी बुन्ने, अकबरे खुर्सानी खेती जस्ता स्वरोजगारमुलका कार्यक्रमहरुमा जोडियर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।
नगरप्रमुख थापाले टोलबिकास सस्थाले स्थाननिय जनतालाई थप उर्जा भर्ने तथा प्रतीभा प्रस्फुटन गर्ने जस्तो महत्त्वपूर्ण काम गरेको भन्दै नगरले यस्ता कार्यमा सधैं साथ दिने बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष बुद्धि बहादुर थापा,पत्रकार महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
बिगतका बर्षहरुदेखी निरन्तर रुपमा कार्यक्रम गर्दै आएको उक्त कार्यक्रम यस बर्ष पनि बैशाख १,२ र ३ गते सम्म सास्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता,कुर्सी दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले बताउनु भयो ।
निकै मेहनतका साथ स्थानिय जनताको माग र आबश्यकताका कारण मौसम प्रतिकुलता हुँदा हुँदै पनि कार्यक्रम भब्य रुपमा गरिएको अध्यक्ष खत्रीले बताए ।
कार्यक्रममा रास्ट्रिय कलाकार बिष्णु खत्री लगायतका स्थानिय कलाकारहरुको समेत भब्य प्रस्तुति रहेको थियोे ।
कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र खत्रीको संचालन,वडा सदस्य नारायण खनाल स्वागत मनतब्य र गणेश बिकको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सम्पन्न गर्न विभिन्न तबरले सहयोग गर्ने सहयोगी लाई समेत संमान गरिएको थियो ।
नयाँ बर्षको उत्साह सगै अतिथि तथा सहभागीहरु बिष्णु खत्रीका सुनमाया डाडैको चौतारी जस्ता निकै चलेका गित हरुमा छ्मछ्मी नाचेका थिए ।
कार्यक्रमा कार्यापालिका सदस्य तिर्था बेल्वासे,केशरा परिवार,संघीय मामिला मन्त्रालयका अधिकृत केशव थापा लगायतका स्थानिय जनप्रतिनिधि,कर्मचारी राजनैतिक दल, पत्रकार,स्थानिय विभिन्न संघ संस्थामा आबद्ध प्रमुख तथा प्रतिनिधि बुद्धिजिविहरुको आथित्यता रहेको थियो ।