नववर्षकाे अवसरमा भूमिकास्थानकाे ढाकावाङ्गमा साँस्कृतिक तथा खेलकुद कार्यक्रम शुरु (तस्बिर सहित)

 

-टेकराज भुसाल, अर्घाखाँची।

अर्घाखाँची। जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा रहेको देविकास्थान झाक्रिशाला टाेल बिकास संस्थाको आयोजनामा नववर्ष विशेष साँस्कृतिक तथा विविध खेलकुद कार्यक्रम शुरु भएको छ।

May be an image of 2 people, temple and text that says "မမ်မ 000ด A"Nepal life insurance

कार्यक्रमको साेमबार नववर्षकाे अवसर पारि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले शुभारम्भ गर्नुभएको हो।

May be an image of 1 person, crowd and text

शुभारम्भ गर्दै नगरप्रमुख थापाले नयाँ बर्षको अबसरमा शुभकामना व्यक्त गर्दै संस्थाले आयोजना गरेको कार्यक्रमले स्थानीय कला, संस्कृतीको जगेर्ना, खेल क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

May be an image of ‎1 person, flute, temple and ‎text that says "‎देवीकास्थान स्थान भात्रि भूमिकार्यान न.पा.-२ هه बृहत सांस्कृतिक क स्तरीय महिला/ महिला/पुरुष पुरुष म Shey අුමගයු रमतत 행페을 딸구비 आसो EECAN 025 4PR CACB-M‎"‎‎

नगरपालिकाले उत्पादन र स्वरोजगारका विशेष कार्यक्रम अगाडि बढाएको भन्दै सबैजना नगरले संचालन गरेको प्याज खेती, पोस्करका झोला टोपी बुन्ने, अकबरे खुर्सानी खेती जस्ता स्वरोजगारमुलका कार्यक्रमहरुमा जोडिन आग्रह समेत गर्नुभएको थियो।

May be an image of 9 people, dais, temple and text

कार्यक्रममा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

May be an image of 9 people, temple, dais and text

बिगतका बर्षहरुदेखी निरन्तर रुपमा कार्यक्रम गर्दै आएको उक्त कार्यक्रम यस बर्ष पनि बैशाख १,२ र ३ गतेसम्म सास्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले बताउनु भयो ।

May be an image of one or more people

कार्यक्रममा बहुचर्चित लाेक तथा दाेहाेरी गायक विष्णु खत्री लगायतका स्थानिय कलाकारहरुको प्रस्तुति राखेका थिए। कार्यक्रमा कार्यपालिका सदस्य तिर्था बेल्वासे, केशरा परियार, संघीय मामिला मन्त्रालयका अधिकृत केशव थापा लगायतका स्थानिय जनप्रतिनिधि, कर्मचारी राजनैतिक दल, पत्रकार, स्थानिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि बुद्धिजिविहरुको आथित्यता रहेको थियो ।

May be an image of 8 people, temple and text

कार्यक्रम संस्थाका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, सचिव गणेश सुनारकाे संचालन तथा वडा सदस्य नारायण खनालकाे स्वागत मन्त्वयमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

थप तस्बिर :

May be an image of 9 people, dais, temple and text

May be an image of 2 people, temple and text

May be an image of 1 person, crowd and text

May be an image of 12 people, temple and text

Nepal life insurance