अर्घाखाँची: सन्धिखर्क -६ नरपानी पिकनिक स्पोर्ट्स फोहोरको थुप्रोमा परिणत, पर्यावरणीय संकट र पर्यटकीय सम्भावनामा चुनौती

सन्धिखर्क ६ नरपानी पिकनिक स्पोर्ट्स फोहोरको थुप्रोमा परिणत , पर्यावरणीय संकट र पर्यटकीय सम्भावनामा चुनौती

May be an image of text

 

-अर्घाखाँची डट्कम,सम्बाद्ददाता 

अर्घाखाँची, सन्धिखर्क – सन्धिखर्क नगरपालिका–६ स्थित नरपानी पिकनिक स्पोर्ट्स, जुन दैनिक सयौं पर्यटकहरूको आकर्षणको केन्द्र हो, अहिले फोहोरमैलाको थुप्रोमा परिणत भएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थल प्लास्टिकजन्य कचरा र जथाभावी फालिएको फोहोरका कारण प्रदूषित बन्दै गएको छ।

No photo description available.Nepal life insurance

स्थानीयवासीका अनुसार, पिकनिक मनाउन आउने समूहहरूले प्रयोग गरेका प्लास्टिकका प्लेट, गिलास, बोतललगायतका वस्तुहरू त्यहीँ फाल्ने गर्छन्।

May be an image of 10 people and mountain

कतिपय अवस्थामा त ती फोहोर जलाउने कामसमेत भइरहेको छ, जसबाट उत्पन्न हुने धुवाँले स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याइरहेको छ। “फोहोर जलाउँदा दुर्गन्ध र धुवाँले सास फेर्न गाह्रो हुन्छ, बालबालिका र वृद्धबृद्धालाई बढी असर गर्छ,” एक स्थानीय बासिन्दाले बताए।

May be an image of text

यस पिकनिक स्थलको समुचित व्यवस्थापन नहुँदा यसले पर्यावरण मात्र होइन, पर्यटकीय सम्भावनामा समेत चुनौती खडा गरिरहेको छ।

May be an image of text that says "अर्धाया Argliekhanchi.com anchi.com"

संरक्षण तथा प्रवर्धनका लागि गठन गरिएको व्यवस्थापन समितिले पर्यटक तान्ने प्रयास गरे पनि फोहोर व्यवस्थापनतर्फ गम्भीर ध्यान नदिएको स्थानीयको गुनासो छ। “यहाँ न चेतावनी बोर्ड छन्, न त फोहोर संकलनको कुनै व्यवस्था,” स्थानीय युवाहरू बताउँछन्।

May be an image of grass

समस्याको समाधानका लागि प्लास्टिकजन्य वस्तुहरूको प्रयोगमा रोक लगाउनुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय उत्पादन—जस्तै दुना, टपरीजस्ता जैविक सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सके वातावरण संरक्षणसँगै स्थानीय रोजगारी पनि सिर्जना हुनसक्ने सुझाव सरोकारवालाहरूले दिएका छन्।

May be an image of text

साथै, नियमित सरसफाइ अभियान सञ्चालन, जनचेतनामूलक सूचनापाटीको व्यवस्था, र आवश्यक परे दण्डको प्रावधानसहित व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने देखिन्छ। समयमै ठोस पहल नहुँदा नरपानी पिकनिक स्पोर्ट्सले भविष्यमा पर्यटक गुमाउन सक्ने जोखिम बढ्दो छ।

 

Nepal life insurance