” राजनितीक खिचातानीले गभर्नर चयनमा सुस्तता”
-काशिराम घिमिरे
काठमाण्डौ – यतिबेला देशको केन्द्रिय बैंकमा मुख्य पद खाली छ। महाप्रसादले अवकाश लिएको हप्तौं दिन बितिसक्दा पनि ,सरकारी तवरबाट यसको नयाँ नियुक्ति भएको देखिदैन ।नेपाल रास्टबैकको गभर्नर नियुक्ति गर्ने कुरा सामन्य विषय अबस्य होइन ।
यो पदमा राजिनितिक पार्टिमा संङलग्न ब्याक्ती होइन! बैंकक्षेत्रको लामो अनुभवी बौद्धिक आर्थिक अर्थबीज्ञ अर्थबिध सक्षम ब्याक्ती नियुक्ति गर्नुपर्ने हुन्छ। तर हाम्रो देशको चलन भने आफुनिकटका ब्यक्ती आफ्नो निकट वा आफ्नो दल निकट ब्यक्तीलाई नियुक्ति गर्ने परिपाटीको कारणले र सत्ता साझेदार दल बिच यसैमा कुरा नमिल्दा यसको छनौटमा ढिला भएको प्रस्टै रुपमा पाउन सकिन्छ।
रास्ट्रबैंकको गभर्नर जस्तो पदमा यतिबेला एक सक्षम अनुभवी एउटा बिद्धान अर्थबिधको आबस्यकता छ। यसमा बैंकको तरलता कति राख्ने मुद्रास्फीति कति राख्ने आर्थिक वृद्धिको मापन, स्वदेशी मुद्राको मापन, मुद्रालाइ कमजोर हुनबाट जोगाउने , समग्र बैकिङ क्षेत्रको जानकारी ।
अन्तर्राष्ट्रिय मुद्राकोस र बिदेशी देशसँग समन्वय गर्न सक्ने ब्यक्ती र अन्तर्राष्ट्रिय मामिलामा आर्थिक जानकार र सरकारको समेत एउटा औपचारिक रुपमा आर्थिक सल्लाहकार भएको हुँदा एक सक्षम ब्यक्ति यसमा आबस्यक देखिन्छ।
अन्तर्राष्ट्रिय जगतमा यसको मूल्य मान्यता अनुसार यसको लागि एक बौद्धिक अर्थबिज्ञ साथै अर्थशास्त्र बिसयमा बिद्या बारिधी गरेको, लामो समय त्रि बिको प्राध्यापक भइ काम गरेको ।आर्थिक जानकार लामो समय अर्थसाश्त्री भइ यसक्षेत्रको लामो समयकार्यअनुभव भएको ,कानुनको जानकार ।
आर्थिक मौद्रिक र बित्तीय नितिको जानकार कुनै पनि ब्यबस्थापकिय क्षेत्रमा १५बर्ष नेतृत्व गरेको। रास्टबैकको कार्यकारी निर्देशकमा पाँच बर्ष काम गरेको । अन्तर्राष्ट्रिय मुद्राकोष एसियाली बिकाश बैकमा वरिष्ठ अर्थशास्त्रीका रुपमा कार्यअनुभव । उच्च नैतिकवान ब्यक्ति ।
बर्तमान विश्व परिबेशमा हेर्दा केन्द्रिय बैंकको भुमिका समय अनुसार परिवर्तन हुदै गएको पाइन्छ ! स्वयत्त सबल केन्द्रिय बैकले देशको अर्थतन्त्र अझ मजबुत हुन्छ। उसले गरेका ब्याजदर र मौद्रिक परिचालन नितिले, अर्थतन्त्रको नीति ,गति ,निर्धारण गरेको हुन्छ। यस्तो हरेक बौद्धिक ज्ञान हासिल गरेको ब्यक्ती लाई यसमा नियुक्ति गर्ने भन्ने छ ।तर हाम्रो देशमा यसलाई राजनितीक दाउपेछ हेरि सत्ता स्वार्थमा आधारित भएर आफू निकट ब्यक्तिलाइ छनौट गर्ने परिपाटी देखिन्छ।बिगतमा यसका उदाहरण बाट प्रष्ट देखिन्छ।
यतिबेला देश सम्बेदन शिल अबस्थामा देखिन्छ।बैंकक्षेत्रमा तरलताको रकम थुप्रीएर बशिरहदा , बैंकमा तरलता व्यापक रुपमा हुँदा र बैंक क्षेत्रमा बचत तथा कर्जाको ब्याजदर निरन्तर रुपमा घटदै जाँदा पनि लगानी गर्ने ब्यक्ती कर्जा माग्न बैंकमा गएको पाइदैन केही महिना अगाडिको तथ्यांक अनुसार बैंकक्षेत्रमा लगानियोग्य रकम तरलता झण्डै ६.५खर्ब रुपैया देखिन्थ्यो ।
यी लगानीको बाताबरण सिर्जना गर्ने सरकार सँग समन्वय गर्ने ।नयाँ नोठ जारी गर्ने। बैक क्षेत्रको तरलता सहि राख्ने बजारको बढी तरलता खिच्ने कम भए बैंक मार्फत पठाउने अन्य आर्थिक क्षेत्र सँग समन्वय गर्ने रास्टबैकको नीति नियम भन्दा बाहिर गइ कानुन बिपरित काम गर्ने बैंकलाई कारबाही गर्ने जस्ता काम यसले गर्दछ।
त्यसैले देशको मौद्रिक नितिलाइ ब्यबस्थापन गर्ने बैंक क्षेत्रलाइ चुस्त दुरुस्त राख्न सक्ने बिदेशी रास्ट सँग समन्वय गर्न सक्ने सरकार लाई राम्रो सल्लाह दिन सक्ने यो क्षेत्रको अनुभवी जानकार ब्यक्तीलाई यो ठाउँमा नियुक्ति गर्नु आजको आबस्यकता हो।
बर्तमान परिपेक्षमा राजनीति दल निकट नभइ रास्टबैक र समग्र बैक क्षेत्रलाई हित गर्ने र सरकारलाई राम्रो सल्लाह दिनसक्ने एक स्वच्छ छविको ब्यक्ती लाई यसमा यथासिघ्र रुपमा नियुक्ति गर्नुपर्ने आबस्यकता देखिन्छ।
रास्टबैकको गर्भनर जस्तो संबेदनसिल पदमा नियुक्तिमा उक्त पद खाली भएको हप्तौं सम्मपनी बिलम्ब गर्नु उचित होइन। यस्तो पदमा राजनिती खिचातानी हुनु यसलाई सत्ता स्वार्थमा हेरिनु राम्रो विषय देखिदैन ।
लेखक : काशिराम घिमिरे
अर्थशास्त्री