नेपाल खेलकुद महासंघका प्रथम सहिद स्व. प्रकाश महतको स्मृतिमा पालिकास्तरिय भलिबल प्रतियोगिता हुने
सन्धिखर्क – नेपाल खेलकुद महासंघका प्रथम सहिद स्व. प्रकाश महतको स्मृतिमा अर्घाखाँचीको सन्धिखर्कमा पालिकास्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल खेलकुद महासंघ जिल्ला कार्यसमिति अर्घाखाँची र मन्जरी युवा क्लब सन्धिखर्क ०२, को संयुक्त आयोजना मा यहि बैशाख १८ गते देखि सन्धिखर्क ०१, को टुडिखेल मैदानमा अर्घाखाँची जिल्लाका ६ पालिका बिच पालिकास्तरिय भलिबल प्रतियोगिता हुने मन्जरी युवा क्लबका अध्यक्ष बिक्रम नेपालीले जानकारी दिएका छन।
प्रतियोगिता मा प्रथम पुरस्कार नगद रु ५०,०००/- ( पचास हजार ) ट्रफी , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु ३०,०००/- ( तीस हजार ) ट्रफी , मेडल र प्रमाणपत्र , तृतीय पुरस्कार नगद रु २०,०००/- ( बीस हजार ) ट्रफी , मेडल र प्रमाणपत्र , उत्कृष्ट खेलाडिलाइ नगद रु ५,०००/- ( पाँच हजार ) ट्रफी , मेडल र प्रमाणपत्र साथै उत्कृष्ट ६ बिधाहरुमा जनही नगद रु २,०००/- ( दुई हजार ) ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने तथा टिम दर्ता रु ५,०००/- लाग्ने आयोजकले जानकारी गराएको छ ।प्रतियोगिताको उद्घाटन समारोह २०८२ वैशाख १८ गते दिउसो १२:०० बजे हुनेछ । तर खेलहरु तालिका अनुसार नै विहान ८ बजेदेखि सुरु हुनेछन्।
प्रतियोगितासँग सम्बन्धित नियमहरुः
१. खेल अन्तराष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमानुसार खेलाइनेछ ।
२. खेल लिगकम नक आउटको आधारमा खेलाइनेछ ।
३. सहभागी टिममा १२ जना खेलाडी मध्य २ जना खेलाडी अनुबन्दीत गर्न पाईने छ । १ जना टिम प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुनेछन् ।
४. प्रतियोगिताको उद्घाटन समारोह २०८२ वैशाख १८ गते दिउसो १२:०० बजे हुनेछ । तर खेलहरु तालिका अनुसार नै विहान ८ बजेदेखि सुरु हुनेछन्।
५. खेल सुरु हुनु भन्दा आधा घण्टा अगावै टिम व्यवस्थाएक वा प्रशिक्षकले अफिसियल डेस्कमा रिपोर्टिङ गर्नु पर्नेछ अन्यथा स्वतः वाक ओभर दिइनेछ ।
६. प्रतियोगितामा सहभागी खेलाडी, टिम व्यवस्थापक र टिम प्रशिक्षकले दर्ता फाराममा हालसालै खिचेको फोटो टाँस गर्नुपर्नेछ ।
७. केही कुरामा विवाद भएमा युवा क्लब र नेपाल खेलकुद महासंघको निर्णय नै अन्तिम हुनेछ ।
८. प्रोटेष्ट गर्न चाहेमा प्रोटेष्ट दस्तुर रु ५५०० तिरेर खेल समाप्त भएको आधा घण्टाभित्र निवेदन दर्ता गर्न सकिनेछ ।
छानबिन पश्चात दोषी ठहरिए पराजित टिमलाई विजेता घोषणा गरिनेछ। तर उजुरी गलत साबित भएमा प्रोटेष्ट दस्तुर फिर्ता हुनेछैन ।
९. FIVB नियम अनुसारको खेलाडी पोषाक लगाउनु पर्नेछ ।
१०. सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित पालिकाको हुनु पर्नेछ । खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण-पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनु पर्नेछ ।
११. टिम दर्ता शुल्क रु ५०००/- लागनेछ ।
१२. सम्पूर्ण कागजात सहित टिमदर्ता अन्तिम मिति २०८२ वैशाख १६ गते दिउसो २ बजे सम्म ।
प्रथम पुरस्कार : रु ५०,०००/- ट्रफि, मेडल र प्रमाण-पत्र
द्वितीय पुरस्कार : रु ३०,०००/- ट्रफि, मेडल र प्रमाण-पत्र
तृतीय पुरस्कार : रु २०,०००/- ट्रफि, मेडल र प्रमाण-पत्र
उत्कृष्ट खेलाडिलाई रु ५,०००/ट्रफि, मेडल र प्रमाण-पत्र
उत्कृष्ट ६ विधाहरुलाई जनही रु २,०००/- ट्रफि, मेडल र प्रमाण-पत्र
थप जानकारीका लागि सम्पर्क नं.:
९८५७०८३४८४
९८४९८५२९८३