शिक्षक आन्दोलन परिचालन समिति अर्घाखाँचीको समिक्षा बैठक सम्पन्न (तस्बिर सहित)

 

-सन्तोष कुमार के .सी , अर्घाखाँची डट्कम ।

काठमाडौं  – शिक्षक आन्दोलन परिचालन समिति अर्घाखाँचीको समिक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ।

May be an image of 10 people, people studying and text

जारी शैक्षिक आमहड्ताल र काठमाडौं केन्द्रित शिक्षक महासंघको आन्दोलनमा अर्घाखाँची जिल्लाको भुमिका र आगामी दिनमा जारी आन्दोलनलाई थप सशक्त, मर्यादित र व्यवस्थित बनाउने विषयमा बैठकमा विविध छलफल तथा सुझावहरु संकलन गरिएको थियो।

May be an image of 8 people and people studyingNepal life insurance

बैठकमा अर्घाखाँचीका ६ वटै पालिकाका आन्दोलन परिचालन समितिका संयोजकहरु ले आ-आफ्नो पालिकाका शिक्षकहरूको आन्दोलनमा सहभागिता र आफ्नो पालिकामा शैक्षिक हडतालको प्रभावको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

May be an image of 11 people and people studying

प्रत्येक पालिकाकाले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल शिक्षक आन्दोलनमा अर्घाखाँची जिल्लाबाट करिव २८५ जना शिक्षकहरूको उपस्थित रहेको छ । साथै करिब ५०/६० जना शिक्षकहरू आन्दोलनको लागि आऊदै गरेका छन।

May be an image of 10 people, people studying and text

बैठकमा आन्दोलन परिचालन समिति अर्घाखाँची जिल्ला संयोजक सिता बन्जाडे, आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य मान बहादुर पाण्डे, शिक्षक संघ जिल्ला अध्यक्ष शारदा भट्टराई लगायत विभिन्न पेशागत शिक्षक तथा कर्मचारीहरुको उपस्थित रहेको थियो।

May be an image of 10 people, people studying and table

बैठकले आन्दोलनको समय परिवर्तन गर्नका कारणको जानकारी र आन्दोलनमा अर्घाखाँचीको भुमिका सशक्त, मर्यादित र व्यवस्थित बनाउन झिनामसिना कुरामा न अल्झिएर आन्दोलनको भावना अनुरुप अगाडि बढने र शिक्षकहरूलाई रचनात्मक र सकरात्मक ढंगले आन्दोलनमा सहभागिता जनाउन आ-आफ्नो ढंगले भुमिका निर्वाह गर्ने सहमति गरेको छ।

May be an image of 7 people

बैठक शिक्षक आन्दोलन परिचालन समिति अर्घाखाँचीका संयोजक सिता बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको थियोे।

थप तस्बिर :

May be an image of 6 people and the Panama Canal

May be an image of 10 people and people studying

May be an image of diary, ticket stub and text

May be an image of text

May be a doodle of textMay be a doodle of blueprint and text

Nepal life insurance