स्पेनिस ला लिगा: बार्सिलोनाको अग्रता

 

डानी ओल्मोको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको अंक तालिकामा सात अंकको स्पष्ट अग्रता बनाएको छ।

Nepal life insurance

मंगलबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पाखा लगाएको हो। बार्सिलोनाको जितमा ओल्मोले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४१ सेकेण्डमा नै ओल्मोले गोल गरे।

खेलको ४६ औँ मिनेटमा एरिक गार्सियाको पासमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले जित हात पारेको हो।

पहिलो हाफमा बार्सिलोनाले गोलका लागि राम्रो प्रयास गरेपछि मालोर्काका गोलरक्षक लियो रोमनले उत्कृष्ट बचाउ गरेका थिए।

जितसँगै बार्सिलोनाले ला लिगाको अंक तालिकामा सात अंकको स्पष्ट अग्रता बनाएको छ। ला लिगाको ३३ खेलबाट बार्साले ७६ अंक जोडेको छ। बार्साभन्दा एक खेल कम खेलेको रियल मड्रिड ६९ अंकमा दोस्रो स्थानमा रहेको छ।

युरोपा लिगको दौडमा रहेको मालोर्काले ३३ खेलबाट ४४ अंक बनाउँदै सातौँ स्थानमा रहेको छ। छैटौँ स्थानको रियल बेटिसको ५१ अंक रहेको छ।

Nepal life insurance