नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिददर १५५रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा थियो।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा थियो।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २७ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर