काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ । संसदीय दलको बैठकमा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बनाउने बलियो आधार बन्दै गएको भन्दै कांग्रेससँग छलफल गर्ने जानकारी गराएका हुन्
प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा फर्केपछि छलफल गर्ने बताएका एक नेताले जानकारी दिएका छन् । छन् ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक वैधता गुमाउँदै गएकोले नयाँ सरकार बनाउनुपर्ने परिस्थिति आएको र ओली नेतृत्वको सरकारको आयु धेरै नभएको निष्कर्ष पनि बैठकमा सुनाएका छन् ।
‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ । उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ । उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने ।
उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने गरी अगाडि बढ्ने प्रचण्डले बताएका छन् । सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको उनले ब्रिफिङ गरे ।
‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । प्रचण्डले बैठकमा भने, कांग्रेस–एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’