अर्घाखाँची : भूमिकास्थानको दोस्रो चौमासिक प्रगतिः खर्च ५४ प्रतिशत र भौतिक ८० प्रतिशत (तस्बिर सहित )

 

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ ।

May be an image of 5 people, people studying and textNepal life insurance

मंगलबार भूमिकास्थान–१०, धनचौरमा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरपालिकाले  साउनदेखि चैत्र सम्मको वित्तीय प्रगति विवरण, आम्दानी÷खर्च र सेवा प्रवाहको बारेमा जानकारी दिएको हो । भूमिकास्थानका कार्यक्रम अधिकृत तथा सुचना अधिकारी हरिश्चन्द्र भुसालका अनुसार भूमिकास्थान नगरपालिकाले हालसम्म ५४ प्रतिशत खर्च गरेको छ ।

May be an image of 4 people, temple and text

भुसालका अनुसार कुल बजेटमा भूमिकास्थानले चालुतर्फ हालसम्म ५९ प्रतिशत बजेट खर्च गरेको छ । भने पूँजीगततर्फ ५० प्रतिशत खर्च भएको छ । भूमिकास्थानले यो ९ महिनामा ८० प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । यस्तै, भूमिकास्थान नगरपालिकाले हालसम्म ६१ लाख ४८ हजार रुपैंया आन्तरिक आम्दानी गरेको छ ।

May be an image of 3 people and text

भूमिकास्थान नगरपालिकामा संचालित कर्मशिल जनशक्ति परिचालन कार्यक्रम मार्फत उत्पादित वस्तुको विक्रिमार्फत ६ लाख र अन्य विभिन्न शिर्षक मार्फत संकलित राजश्व तथा रोयल्टी मार्फत ५५ लाख ४८ हजार गरि ६१ लाख ४८ हजार रुपैंया आन्तरिक आम्दानी गर्न सफल भएको राजश्व शाखा प्रमुख जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

May be an image of 5 people, people studying and people smiling

नियमित सेवा प्रवाह बाहेक कर्मशिल जनशक्ति परिचालन अन्तरगत बाँझो जग्गा उपयोग गरि रैथाने बाली संरक्षण÷प्रबद्र्धन तथा कृषि उपजको उत्पादन, रोजगारी सिर्जना, व्यवसायिक खेतीको सुरुवात, मकैको पोस्कर, बाँस र हस्तकलाबाट टोपी, झोला जस्ता विभिन्न सामाग्री निर्माण भई बजारिकरण हुनु, समयमै योजना सम्झौता भइ कार्य सम्पन्नताको चरणमा जानुलाई नगरपालिकाले प्रगति मानेको छ ।

May be an image of 3 people, people smiling, hospital and text that says "川 मभिकासयान सगरधालिका अर्धारवी 3 व ನ೦ಗ ०८੨] को दोसो वोमासिक ्व्जानिक सनुवाई कायक्रम 10 Ф wte মनीकरण करय पটख andedd श्री श्ीजन. जन মमিয म्मान ٢"

पालिकाका अन्य प्रगतिमा महत्वपूर्ण सडक विस्तार एवम् कालोपत्रेको काम हुनु, व्यवसायिक पर्यटन विकासमा कामको थालनी हुनु, आवधिक योजनाको जगमा कार्यक्रम अगाडि बढ्नु, शिक्षा र स्वास्थ्यको सेवालाई गुणस्तरिय र सहज बनाउन तत्पर रहनु लगायतका रहेका छन् ।

May be an image of 4 people, people studying and text

कार्यक्रममा सहभागीले उठाएका सवालको जवाफ दिंदै नगरप्रमुख झविलाल थापाले सबै नागरिक उत्पादनमा जोडिन आग्रह गर्नुभएको छ । पैसा बचत र ऋण प्रवाहमा मात्रै सिमित नरहेर उत्पादन र रोजगारको क्षेत्रमा हातेमालो गर्न सहकारीहरुलाई उहाँको आग्रह छ । सडक र भवन निर्माण मात्रैले भूमिकास्थान समृद्ध हुन नसक्ने भन्दै नगरप्रमुख थापाले चौतर्फि विकासमा पालिकाको सिंगो टिम लागि परेको जिकिर गर्नुभएको छ ।

May be an image of 4 people and text

भूमिकास्थानले संचालन गरेका कर्मशिल जनशक्ति परिचालन कार्यक्रम, पढ्दै कमाउँदै रमाउँदै विद्यालय कार्यक्रम र व्यवसायिक कृषि, उद्योग र पर्यटन जस्ता महत्वपूर्ण कार्यक्रममा सकरात्मक सोंचका साथ जोडिन आम नागरिकलाई नगर प्रमुख थापाको अपिल छ ।

नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले भ्रष्टाचारलाई शुन्य बनाउँदै समृद्ध नगर विकासको अभियानमा आफुहरु रहेको बताउनुभएको छ । आफुहरु निस्वार्थ रुपमा नगरको विकासमा लागेको भन्दै उहाँले कमजोरी भए सुझाव दिन र पालिकाको विकासमा हातमालो गर्न नागरिकहरुलाई आग्रह गनुभएको छ ।

May be an image of 5 people, people studying and people smiling

प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा भूमिकास्थान उत्कृष्ट कहलिंदै गएकोमा खुशी व्यक्त गर्नुभएको छ । कर्मशिल जनशक्ति परिचालन कार्यक्रम नेपालकै नमुना कार्यक्रम भएको दाबी गर्दै उहाँले आन्तारिक आम्दानी वृद्धिमा यो कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको तर्क गर्नुभएको छ । शुसासन र पार्दशिता कायम राख्दै नागरिकलाई सहज सेवा प्रवाह आफुहरुको पहिलो शर्त हुने भन्दै प्रमुख प्रशासकिय अधिकृत नेपालीले कर्मचारीको तर्फबाट नगर विकासमा कुनै कमि नराख्ने वचन दिनुभएको छ ।

May be an image of 5 people, people studying and text

नयाँ मिडिया प्रा.लि.को सहजीरकणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा भूमिकास्थान– १० का वडाध्यक्ष खगिश्वर पन्थी, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, इन्जिनियर जितेन्द्र श्रेष्ठ, पब्लिक हेल्थ नर्स विन्दु खनाल पन्थी, पशुसेवा शाखा प्रमुख यमुना थापा, कृषि प्राविधिक सहायक युवराज आचार्य, राजश्व शाखा जगत प्रसाद भुसाल, जनजागृती माध्यमिक विद्यालयका निमित्त प्र.अ.तेजवन्ती खत्री, धनचौर स्वास्थ्यचौकी प्रमुख शिव प्रकाश जि.सी. लगायतले उठेका सवालको जवाफ दिनुभएको थियो ।

May be an image of 5 people, people studying, hospital and text

कार्यक्रमका सहभागिले शिक्षा, स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरिय र व्यवसायिक बनाई बसाइसराईलाई रोक्नुपर्ने, पालिकाबाट बजार अनुगमनलाई नियमित र प्रभावकारी गरिनुपर्ने, कृषिलाई व्यवसायिक बनाउन बजारिकरण सहितका सहयोग गर्नुपर्ने, विकासमा समानता भन्दापनि समतामुखि हुनुपर्ने लगायतका माग राखेका छन् ।

May be an image of 3 people and text

कार्यक्रममा भूमिकास्थान–१० बाट प्रतिनिधित्व गर्ने राजनितिक दल, वडा सदस्य, अस्थायी प्रहरीचौकी धनचौरका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, वि.व्य.स., स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास संस्था, सहकारी, उपभोक्ता समिति र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

 

May be an image of 4 people and temple

May be an image of 6 people

May be an image of one or more people

May be an image of 4 people and temple

May be an image of 4 people, people smiling and people studying

May be an image of 13 people and temple

May be an image of 7 people and dais

May be an image of 4 people, people studying and text

Nepal life insurance