काठमाडौँ- इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले भाेलि मंगलबार इजरायलमा मारिएका १० जनाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।भोली सार्वजनिक बिदा भने नरहेको जानकारी दिइन ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।