अर्घाखाँचीका धनचौर र ढिकुरा गाविसमा महबाट पचास लाख आम्दानी

– वीरेन्द्र केसी

 

imageधनचौर, अर्घाखाँची – महबाट जिल्लाको धनचौर र ढिकुरा गाविसमा वार्षिक पचास लाख रुपैयाँ भन्दा बढी भित्रिएको छ । मौरी पालन व्यावसायबाट राम्रो आम्दानी भएपछि गाउँले उत्साहित बनेका छन । कम लगानी र मेहनत गरे पुग्ने मौरी पालन दुई गाविसमा राम्ररी फस्टाउँदै गएको छ ।

 

मुढे र आधुनिक घारमा घरैपिच्छे मौरी पालन व्यवासायबाटै दुई गाविसमा पचास लाख भन्दा बढी रुपैयु भित्राउन गाउँले सफल भएका छन । परम्परागत रुपमा एक दुई मौरी पालिदै आएपनि पछिल्लो पटक गाउँलेले मौरी पालनलाई व्यावसायिकरण गरेपछि आम्दानी बढेको हो । धनचौर ढिकुरा गाविसका करिब १ सय ८० घरपरिवारले व्यावसायिक मौरी पालेका छन ।

 

मौरी पालन व्यावसायलाई विस्तार गर्न गाउँलेले समुह बनाएका छन । मह बेचेर दुई गाविसमा वार्षिक ५० लाख भन्दा बढी भित्रिएको धनचौरी मौरी पालन समुहका बासुदेव पाण्डेले बताए । दुई गाविसका अधिकाश घरमा घरैपिच्छे मौरी पालेका छन । गाउँमा एक घार देखी ३० घारमसम्म पालेका छन । दुई गाविस मौरीका लागि चरन क्षेत्र प्रशस्त भएकाले व्यावसाय फस्टाउदै गएको उनले बताए । धनचौरमा सबैभन्दा धेरै मौरी पालेका उनले मह बेचर वार्षिक रुपमा दुई लाख भन्दा बढी आम्दानी हुने उनले बताए । मुढे घारमा मौरी पाल्दै आएका किसानलाई जिल्ला कृषि विकास कार्यालयले सहुलियत दरमा आधाुनिक घार दिएपछि व्यावसाय फस्टाउन थप सहयोग भएको पाण्डेको भनाई छ । गाउँमा मौरी पालेकाले वर्षमा १० हजार देखी चार लाखसम्म आम्दानी गर्ने कृषक छन ।

 

आधुनिक घारमा एक पटकमा आठ किलो र मुढे घारमा तीन चार किलो मह उत्पादन हुने उनले बताए । एउटा आधुनिक घारमा वर्षमा १५ किलोसम्म मह उत्पादन हुने गर्छ । मह बेटवल सन्धिखर्क दाङ भैरहवा देखी काठमाडौसम्म यी दुई गाविसमा उत्पादन भएको मह बिक्री हुने गर्छ । मह प्रतिकिलो चार सय रुयैयाँमा बिक्री हुदै आएको छ । घर र गोठका बरिपरी राखेपछि मौरीले घार भित्र मह जम्मा गर्ने गर्छ । मौरी पलान गर्दै आएका कृषकलाई जिल्ला कृषि विकास कार्यालय एव कुनै सरकारी तथा गैर सरकारी क्षेत्रबाट प्राविधिक र अन्य सहयोग नपाएका कारण पेशालाई विस्तार गर्न समस्या परेको गाउँलेको गुनासो छ । ढिकुरा गाविसका सु प्रकाश खनालले घर र गोठमा २० घार मौरी पालेका छन । उनले मह र मौरीका घार बेचेर वार्षिक डेढ लाख भन्दा बढी कमाई भएको बताए । यो क्षेत्रमा प्रशस्त चिउरी लगायत फुल फुल्ने रुखहरु प्रशस्त भएकाले मौरीपालन व्यावसाय फस्टाएपनि बेला बेलामा मौरीको घारै मर्ने र चरन क्षेत्रको प्रभावकारी अनुगमनको कमी भएकाले समस्या पर्ने गरेको खनालको भनाई छ ।

 

मौरी पालन व्यावसाय आम्दानी गर्ने सजिलो भएकाले मौरी पालन व्यावसाय बढदै गएपनि गएको छ खनालले भने धनचौर र ढिकुराका घरैपिच्छे मौरीका घार छन । पछिल्ल्ो पटक महको माग बढदै गएपछि मौरी पालनलाई बढी जोड दिएको उनले बताए । जंगलमा भन्दा खेत बारीमा तोरी लगायतका फुल फुल्ने अन्न खेतीमा युरिया लगायत विषादी प्रयोग गर्दा मौरी दोब्बर घार हुन नसकेको उनले बतँए । बाजेका पालेमा एक दुई घार पाल्ने गथ्यौ महगो रुपमा महको माग बढेको र यो पेशा सजिलो भएकाले मौरी पाल्न रहर गरेकी हु धनचौरकी पार्वती शारुले भनिन अहिले मह बेचेर वर्षमा ५० देखी ६५ हजारसम्म कमाई भएको छ । यसले घरखर्च र छोरी पढाउन सजिलो भएको उनको भनाई छ । घर चलाउने आधार नै मौरी पालन हो उनले भनिन ।

 

धनचौरमा घरैपिच्छे मौरी पालिएको छ । यी क्षेत्रमा एपी सेरना जातको मौरी पालिएको छ । धनचौर मौरी पालनमा नेपालमै दोस्रो स्थानमा पर्छ । मौरीको आहारका लागि चिउरी सुन्तला लिची कफी अम्बा तोरी लगायतका फुल फुल्ने रुखहरु प्रशस्त चाहिन्छ । धनचौरमा किसानको उत्साह अनुसार मौरी पालनको लागि चरन क्षेत्र कमी भएको जिल्ला कृषि विकास कार्यलयका प्राविधिक राम बहादुर रायमाझीले बताए । जिल्लाको धनचौर ढिकुरा नुवाकोट ठुलापोखरा जुकेना धारापानी ठाडा पोखराथोक र वाङ्ला गाविसलाई पकेट क्षेत्र घोषण गरिएको छ उसमध्ये धनचौरमा जिल्लामै धेरै मह उत्पादन हुने उनले बताए ।


 

अन्य समाचारहरु