काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेको समृद्ध नेपाल, सुशी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनुभयो ।
अध्यक्ष ओलीले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउनुभयो । उहाँले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताउनुभयो । उहाँले आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको बताउनुभयो । उहाँले कांग्रेसको कुनै नीति र विधि नरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताउनुभयो ।