हराउदै घर रङ्गाउने ,लिपपोत गर्ने रातो माटो, कमेरोको  प्रचलन ..

Open photo

- केशब घिमिरे,सन्धिखर्क ।  – केशब घिमिरे,सन्धिखर्क ।

अर्घाखाँची । जति जति चाडपर्व नजिकिंदै जान्थे खाँचिकोट बासि लाई घर लिपपोत गर्न भ्याई नभ्याई हुन्थ्यो । गाउँमा मौलीक र पुराना घरहरुले बास बसालेका हुन्थे । आ आफनो घरहरुको लिपपोतमा प्राय जसो व्यस्त हुन्थे । तर अहिले खाँचिकोटको बनावटमा परिवर्तन आउन थालेको छ । भने पछिल्लो समय घर लिपपोत गर्ने प्रचलन हराउन थालेको छ ।

अहिले पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रङ्ग पनि बजारकै प्रयोग हुन थालेको छ । यसले ग्रामीण जीवनमा एकातिर सहजता त ल्याएको छ भने अर्कोतिर घरमा हुने खर्च र लगानी बढाएको छ । “पहिला पहिला हामी कमेरो, माटोले घर लिप्ने गथ्यौँ, घरमा विभिन्न रङ्को माटोले लिपेपछि मात्र दसैँ आएकोजस्तो लाग्थ्यो, घर रमाइलो हुन्थ्यो”, बर्षा घिमिरे ले भनिन ।

1

पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ । मौलिक घरहरु पनि बिस्तारै हराउँदै गएका छन् । सिमेन्ट र रङको प्रयोग गरेर घर निर्माण भइरहेका छन् । गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थालेपछि मौलिक घरको सङ्ख्या घट्दै जान थालेको छ । मौलिक घरहरुमा पनि बजारको रङ्ग प्रयोग हुँदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरु माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुदै गएको स न पा ७ का कृष्ण आचार्य को भनाई छ ।

1

स्वास्थ्यका हिसाबले ढुङ्गा माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि झट्ट हेर्दा आकर्षक देखाउने होडबाजीका कारण पनि गाउँमा सिमेन्ट र विभिन्न रङ्गको प्रयोग बढेको हो । मौलिक घर र मौलिक जीवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ । हाम्रो जीवनशैली, संकृति, वेशभूषा र भाषा पर्यटनका महत्वपूर्ण आधार रहेको भन्दै आधुनिकताका नाममा कहिल्यै आफ्ना मौलिकता भुल्न नहुने स्थानीय लालकृष्ण भट्टराई बताउछन् ।

केशब घिमिरे
सन्धिखर्क –७, अर्घाखाँची ।

111Open photo

अन्य समाचारहरु