काठमाडौँ । इजरायल र हमासबीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको नाम र ठेगाना खुलाइएको छैन ।
इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एक नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् ।