काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताउनुभएको छ ।
सभापति देउवाले आइतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताउनुभएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनुभएका काँग्रेस उपसभापति धनराज गुरुङले बताउनुभयो ।
त्यसैगरी सभपति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गर्नुभएको थियो । महासचिव गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताउनुभएको पनि कानुनमन्त्री गुरुङले बताउनुभयो ।
देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देशहरु समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरुले पूरा साथ रहने बताउनुभएको थियो ।