विकिलिक्सको खुलासाबाट भारत प्रशासित काश्मिरको हिरासतमा राखिएका बन्दीहरुमाथि हुने दुर्व्यवहारप्रति अमेरिका चिन्तित रहेको खुलासा

विकिलिक्सले पछिल्लो पटक सार्वजानिक गरेको अमेरिकी गोप्य दस्तावेजबाट भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मीहरुले हिरासतमा राखिएका बन्दीहरु माथि दुर्व्यवहार गर्ने गरेको खुलासा भएको छ। कश्मिरमा बन्दीहरुमाथि हुने गरेको दुर्व्यवहारप्रति अमेरिकी कुटनीतिज्ञले चिन्ता जनाउने गरेको तथ्य पनि सार्र्वजनिक भएको छ।

 

हिरासतमा राखिएका बन्दीहरुलाइ जर्बजस्ती अपराध स्वीकार गराउन सुरक्षाकर्मीले विभिन्न यातना दिने गरेको पनि खुल्न आएको छ। विकिलिक्सको पछिल्लो खुलासाप्रति अमेरिका, भारत र रडेक्रसका अधिकारीहरुले हाल सम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

 

 त्यसैगरी विकिलिक्सको अर्को खुलासमा भारतीय कांग्रेस पार्टीका महासचिब तथा नेतृ सोनिया गान्धीका छोरा राहुल गान्धीले अमेरिकी राजदूतसँग मुस्लिम विद्रोही समूहभन्दा हिन्दू कट्टरपन्थी भारतका लागि बढी खतरनाक भएको धारणा राखेको खुलासा भएको छ।