भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचार कार्यलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । 1 राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुराकानी गर्दै गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै पीडितको, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तिव्रता दिन आग्रह गरेका हुन् 1

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिबार टेलिफोन गरेर पौडेलले यस्तो आग्रह गरेको बताए । पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि समेत सरकारलाई आग्रह गरेका छन् ।1

राष्ट्रपति पौडेलले यसअघि शनिबार बिहान भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को घडीमा मानवीय भावले उद्धार, राहत र घाईतेको उपचारमा जुटन अपिल गरेका थिए ।  जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रवार मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जिल्लामा गरी कम्तीमा १३६ जनाको मृत्यृ भएको र कैयौँ घाइते भएको जनाइएको छ ।1