अर्घाखाँचीको पुरानो चुत्राबेंसी बजारलाई व्यवस्थित गर्न बजारवासीले माग


 

चुत्राबेशी, अर्घाखाँची – अर्घाखाँचीको पुरानो चुत्राबेंसी बजारलाई व्यवस्थित गर्न बजारवासीले माग गरेका छन्।

 

उनीहरुले यस आर्थिक वर्षमा बजारको उचित व्यवस्थापन सडक पीच नालीको व्यवस्था नगरेमा राजनीतिक दललाई प्रवेशमा रोक लगाउने बताएका छन् । उद्योग वाणिज्य संघ सन्धिखर्कमा भएको सर्वदलीय बैठकमा बजारवासीले यस्तो माग गरेका हुन् ।

 

बजारवासीको मागप्रति राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सकारात्मक देखिएको उद्योग वाणिज्य संघका सचिव नेत्रप्रसाद भुसालले बताए ।

 

भेलामा एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार विसी, नेपाली कांग्रेसका कार्यबाहक सभापति हरिबहादुर खड्का नेकपा एमालेका जिल्ला सहसचिव कुलदिप भुसाल उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 




 

 





 

रासस

अन्य समाचारहरु