काश्मिरका बन्दीगृहमा कैदीमाथि भारतीय सैनिकले दूर्व्यवहार गरेको विकिलिक्सको खुलासा, हिन्दू अतिवादबारे राहुल गान्धीको टिप्पणी पनि सार्वजनिक

विकिलिक्सले पछिल्लो पटक सार्वजानिक गरेको अमेरिकी गोप्य दस्तावेजबाट भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मीहरुले हिरासतमा राखिएका बन्दीलाइ चरम यातना दिने गरेको खुलासा भएको छ।

 

बिहीवार बेलायती समचार पत्र द गार्डियनमा प्रकासित अमेरिकी गोप्य दस्तावेजमा सन् दुइ हजार पाचमा अर्न्तराष्ट्रिय रेडक्रस कमिटि आइसीआरसीले नयाँ दिल्ली स्थित अमेरिकी कुटनितिज्ञ सामू काश्मिरका हिरासतमा रहेका बन्दी माथि हुने गरेको यातना प्रति चासो ब्यक्त गरेको उल्लेख  छ।