अमेरिकी चालक रहित विमान आक्रमणका कारण पाकिस्तानको खाइबर आदिबासि क्षेत्रमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ। खाइबरको तिराह उपत्यकामा तीन पटकसम्म आक्रमण भएको थियो।
यसैगरी तिराह उपत्यका नजिकैको क्षेत्रमा गरिएको आक्रमणमा अन्य ७ जनाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरुले मृत्यु हुनेहरु सबै इस्लामिक अतिवादी समुहका कार्यकर्ता रहेको बताएका छन्। पछिल्लो समय पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा अमेरिकाले चालक रहित विमानको आक्रमणलाई तिव्र पारेको छ।
अमेरिकी चालक रहित विमान आक्रमणका कारण इस्लामिक अतिवादी समुहका कार्यकर्ता एवं लडाकू बाहेक सयौ सर्वसाधारणको ज्यान गुमाएका छन्। सोही कारण अमेरिकी चालक रहित विमान आक्रमणलाई लिएर पाकिस्तानमा तिव्र आक्रोश छाएको छ।