अर्घाखाँचीमा राती ९.३० पछि देउसी , भैलो खेल्न नपाईने (यस्तो छ सुचना )

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तिहारमा राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ ।

1

राती ९ः३० बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए । ढकालका अनुसार तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न समेत राेक लगाइएकाे छ ।

2 stories on who started Deusi-Bhailo? Why, when and where?

यस्तै जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको प्रशासन अधिकृत नुमलाल पन्थीले जानकारी दिए । मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरूमा हो-हल्ला र झैं–झगडा नगर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

1

पर्वहरुलाई शान्तिपूर्ण वातावरणमा सुरक्षित, मर्यादित अनुशासित र सु-संस्कृत रुपमा मनाउन यस्ताे निर्णय गरीएकाे भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले भने, “प्रशासनको नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने छ ।”

यस्तो छ अर्घाखाची प्रशासनको सुचना :

No description available.

111Open photo

 

अन्य समाचारहरु