अर्घाखाँचीका गाउँ-गाउँमा ब्रोइलर कुखुराका फर्म

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – पछिल्लो पटक कुखुरापालन गर्ने टोलैपिच्छे देखिएका छन । ब्रोइलर कुखुरापालन बढदै गएपछि स्थानीय गाउँघरमा पालिदै आएका लोकल कुखुरापालन घटदै गएको छ । ब्रोइलर ४५ दिनमै तीन चार किलोसम्म तयार हुने तर घरायसी लोकल कुखुरा ब्रोइलर बराबरको तैाल बराबर पुग्न तीन चार महिनामा लाग्ने भएकाले गाउँका टोलैपिच्छे फर्म खोलेर ब्रोइलर कुकखुरापालनको सख्यामा वृद्धि भएको हो ।

 

अर्घाखाँची जिल्लाको शहर क्षेत्रका आपसासका गाउँमा टोलैपिच्छे फर्म खोलिएका छन भने विकट र दुर्गम गाउँमा पनि कुखुरा पाल्ने किसानको सख्या बाक्लिदै गएको छ । तीन वर्षयता जिल्लामा ब्रोइलर कुखुरा बढी उत्पादन भएपछि जिल्ला बाहिर समेत निकासी हुन थालेको छ । गाउँमा खोलिएका कुखुराका फर्ममा कम्तिमा पनि ५० देखी पाँचसय सम्म पालेका छन । सदरमुकाम देखी गाउँमा समेत ब्रोइलर कुखुराको माग बढदै गएपछि कुखुरापालन किसान उत्साहित भएका छन । धेरै उत्पादन भएपनि मुल्य भने बढदै गएको छ ।

 

हाल जिउदो कुखुरा एक सय ४० रुपैयाँ भन्दा बढी मुल्यमा फर्मबाटै बिक्री भएको छ भने व्यापारीले काटेको मासु किलोको २ सय ४० रुपैयाँमा बिक्री गर्दै आएका छन । घरमा पलिदै आएको जीउँदो लोकल कुखुरा भने किलोको चार सय भन्दा बढी छ । ब्रोइलर करिब डेढ महिना भित्रमा तीन चार किलोसम्म वजनको हुने भएकोले लोकल कुखुरा पाल्न छाडेर किसान ब्रोइलरतर्फ आकर्षित भएका छन । ुई वर्ष यता जिल्लामा ब्रोइलर कुखुरा उत्पादनमा बृद्धि भएको हो । ब्राइलर कुखुराको फर्मबाटै किसानले मनग्य आम्दानी लिएका छन ।

 

अधिकाश किसानले वार्षिक ७० देखी ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन ।

 



अन्य समाचारहरु