अफगानिस्तानका तालिबानी लडाकुहरुले दुई शहरमा रहेका सैनिक अखडामा आत्मघाती आक्रमण गर्दा कम्तिमा आठ सुरक्षाकर्मी मारिएका छन्। सो क्रममा पाँच लडाकुको पनि मृत्यु भएको छ।
उत्तरी कुन्दुज प्रान्तको मध्यशहरमा रहेको सैनिक भर्ती केन्द्रमा आत्मघाती आक्रमणकारी घुसेपछि केही घ48टा सम्म दोहोरो भिडन्त भएको थियो। त्यसै गरी राजधानी काबुलबाहिर रहेको अर्को भर्ती केन्द्र नजिकै सेनाको बसलाई धरापमा पारिएको समाचारमा उल्लेख छ। आक्रमणको जिम्मेबारी तालिबानी प्रवक्ताले लिएका छन्।
कुन्दुज आक्रमणमा कम्तिमा चार जना आत्मघाती आक्रमणकारी सहभागी भएको अधिकारीहरुले बताएका छन्। चार जना आत्मघाति लडाकू मारिएपछि कुन्दूजको सैन्य भर्ती केन्द्र सुरक्षाकर्मीको नियन्त्रणमा आएको बताइएको छ।