-टेकराज भुसाल
बुटवल । रुपन्देहीको बुटवलमा तिहारकाे अवसरमा संचालन भइरहेको देउसीभैलोमा अर्घाखाँचीकाे माैलिकता झल्किने भैली, सोरौठी र बासुरी ताल नाचिएकाे छ।
पछिल्लो समयमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसीभैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेका बेला अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर १र२ (साविक ढाकावाङ्ग गाविस)बाट विभिन्न सिलसिलामा रुपन्देही आएका बीच गठन गरिएको ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले बुटवल लगायत रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा अर्घाखाँचीकाे माैलिकता झल्किने भैली, सोरौठी र बासुरी ताल नाचिरहेकाे छ।
देउसीभैलोमामा अर्घाखाँचीको मौलिक भैली, सोरौठी र बासुरी तालसँगै विभिन्न संस्कृति झल्किने सांस्कृतिक गीतमा नाचगान प्रस्तुत गरिएको समाजका अध्यक्ष कृष्णप्रसाद खनालले बताउनुभएको छ।
कार्तिक २६ गते आइतबार लक्ष्मी पूजाकाे दिनदेखी संचालन गरिएको माैलिक देउसीभैलाे कार्यक्रम बुटवलको बेलवास, नयाँगाउँ, झाेलुङ्गे पुल, तामनगर, सेमलार लगायतका क्षेत्रमा नाचिएकाे र एकादशीसम्म रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा नाचिने उपाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिनुभएको छ।