– भीम बहादुर बस्नेत
बागी ८ अर्घखांची,नेपाल
हाल दोहा कतार
—————————————-
फर्केर घर आउन पाइन म हे आमा
यो संसारबाट तिमी बिदा हुने बेलामा
फर्की आउने छु एक दिन हाम्रो गाउँमा
मृत्यु परन्तु फेरी भेट हुने छ त्यो ठाउँमा
******* ******** *******
टोलाउँछ्यौ होला हेरी म आउने बाटोमा
व्यर्थै खेर गयो रगत पसिना बिदेशी माटोमा
गरीब भनी लेखे छ भाबीले निधारमा
पैसा नै ठुलो रहेछ आमा यो पापी संसारमा
******* ******** **********
दैबले छल गर्यो आमा हाम्रो कर्ममा
दुनियाँ हासेर उडाउछन हाम्रो पिडा र मर्ममा
कती बाच्नु घृणाको पात्र भै यो सहरमा
आँखाको कसिंगर झैँ अरुको नजरमा
******** ******** ********
जन्मायौ हुर्कायौ बाबु ताते ताते नानी
कैयौ रात बिताई हौली तारा गनी गनी
बिरामी पर्दा हेर्थ्यौ होला भोक प्यास नभनी
कसरी तिरुं आमा दुधको भारा म भए ऋणी