आर्थिक अभावका कारण अर्घाखाँचीका विपन्न परिवारका गरिब तथा दलित बालबालिकाहरु पढ्नबाट बन्चित

सन्धिखर्क, अर्घाखाँची – आर्थिक अभावका कारण अर्घाखाँची जिल्लाको विपन्न परिवारका गरिब तथा दलित बालबालिकाहरु पढ्नबाट बन्चित भएका छन् । सरकारले गरिब तथा विपन्न बालबालिका पढाइबाट बिाचत हुन नपरोस् भनी छात्रवृत्तिको लागि प्रत्येक वर्ष अरबौँ रुपैयाँ खर्च गरिरहे पनि कतैबाट सहयोग नपाउँदा यहाँका बालबालिकाहरु पढ्नबाट बिाचत भएका हुन् ।

 

विद्यालय पढ्नको लागि आवश्यक पर्ने किताब कापी कलम झोला विद्यालयको पोशाक खाजा खाने पैसा र बिहान साँझ घरमा खाना खानका लागि आवश्यक स्रोत नभएपछि यहाँका गरिब तथा विपन्न परिवारका बालबालिका पढाइ छोडेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् ।

 

जिल्लामा विद्यालय नै नजाने वा पढ्दा पढ्दै २, ३ कक्षामै पढाइ छोड्नेहरु मध्ये अधिकांश बालबालिका बाबुआमा नै नभएका बाबुले सौतेनी आमा ल्याएर हेला गरेका दलित तथा मजदुरका छोराछोरी छन् ।

 

अनाथ तथा विपन्न भएपछि यहाँका बालबालिकाहरु पढ्ने उमेरमा पनि जबरजस्त मजदुरी गर्न बाध्य भएका छन् । होटल तथा रेष्टुरेन्टमा भाँडा माज्ने भारी बोक्ने गिटी फुटाउने बालुवा चाल्ने जिप तथा बसहरुमा खलाँसी गर्ने धनाढ्य व्यक्ति सरकारी कार्यालयका कर्मचारीहरुको घरमा बसेर घरायसी काम गर्नु बालबालिकाहरुको दैनिकको दिनचर्या जस्तै भएको छ ।

 

अर्घाखाँचीमा अघिल्लो आर्थिक वर्षमात्र पनि करिब साडे दुई करोड छात्रवृत्ति वितरण गरिएको थियो । सरकारले त्यत्ति ठूलो परिणाममा छात्रवृत्ति उपलब्ध गराउँदा पनि सदरमुकामकै बालबालिकाहरु भने आर्थिक अभावका कारण पढ्नबाट बिाचत बनेका छन् ।

 

सन्धिखर्क-९ का गौरव वि.क.ले एक वर्षदेखि चुत्राबेसी बजारमा भारी बोकेर ज्यान पाल्ने गरेका छन् । स्कुल पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण कक्षा ४ मा पढ्दापढ्दै छोडेर भारी बोक्न थालेको उनकॊ भनाइ छ । १२ वर्षीय विक सकीनसकी आफूभन्दा ठूलो भारी बोक्न परेको बताउँछन् ।

 

सन्धिखर्क-५ की १३ वर्षीय बालिका विमला नेपालीले बालुवा चाल्न र गिटी फुटाउन थालेको ५ वर्ष भैसकेको छ । स्कुलको मुखसम्म नदेखेकी उनले सानैदेखि घरमा बसेर भाइबहिनी हेर्ने गरेको बताउँछिन् । आफ्ना आमाबाबुले पनि दिउँसो खोलामा गिटी बालुवाको काम गर्ने र साँझ रक्सी खाएर झगडा गर्ने गरेकोले आफूले पढ्न नपाएको उनले गुनासो गरिन् । आफूसँगैका साथीहरु झोला बोकेर पढ्न जाँदा हेरिरहन मन लाग्ने उनको भनाइ छ ।

 

जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसी र सन्धिखर्कमा मात्रै हेर्ने हो भने पढ्ने समयमा श्रम गर्न बाध्य भएका बालबालिकाहरु दर्जनौँ देख्न पाइन्छ । जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा त यस्ता बालबालिकाको नाम विद्यालयको रजिष्टरमा लेखेर छात्रवृत्तिको लागि आएको रकम दुरुपयोगसमेत हुने गरेको दलित नेताहरुको भनाइ छ ।

 

राज्यले दलित विपन्न र जेहेन्दार बालबालिकाको लागि अर्घाखाँचीमा मात्रै कम्तीमा साडे दुई करोड रुपैयाँ खर्च गर्दा पनि लक्षित समुदाय नै शिक्षाको पहुँचबाट बाहिर छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थीहरुको लागि वितरण गर्ने छात्रवृत्ति वितरणबारे पुनमःूल्यान गरी अनुगमन पक्षलाई जोड दिनुपर्ने अभिभावकहरुको भनाइ छ । छात्रवृत्ति वितरण गर्दा कम्तीमा पनि शिक्षा कार्यालयका प्रतिनिधि व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा वितरण गर्ने परिपाटीको विकास गरेमा पारदर्शी हुने अभिभावकको भनाइ छ ।

 

एकातिर गरिब दलित तथा विपन्न परिवारका बालबालिकाहरु आर्थिक अभावका कारण पढ्नबाट बिाचत बनेका छन् भने अर्कोतिर तिनै बालबालिकाहरुको नाममा आएको रकममाथि दुरुपयोग हुने गरेको छ ।

 

जिल्लाका केही सरकारी विद्यालयहरुले छात्रवृत्तिको रकमलाई अन्य प्रयोजनमा खर्च गर्नु सबै विद्यार्थीहरुलाई छात्रवृत्ति दिने नाममा बाँड्न खोज्नु र छात्रवृत्ति रकम द्रुप्रयोग गर्ने विद्यालयका प्रअ र शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालय र विद्यालय व्यवस्थापन समितिले कारबाही गर्न नसक्दा समस्या झन् विकराल बन्दै गएको जिल्लाका बुद्धिजीविहरुको भनाइ छ ।

 





Radio Arghakhanchi contributed to this report.



अन्य समाचारहरु