आइभरी कोष्टमा विवास्पद राष्ट्रपतिले गरेको मागलाइ बेवास्ता गर्दै राष्ट्र संघद्धारा शान्ति सेना तैनाथ राख्ने निर्णय

अफ्रीकी राष्ट्र आइभरीकोष्टमा गत महिना सम्पन्न विवास्पद निर्वाचनमा पराजित घोषाणा गरिएका राष्ट्रपति लउरेन्ट बाग्बोले त्यहाँ तैनाथ राष्ट्र संघिय सेना फिर्ता हुन गरेको मागका बावजूद विश्वका शक्ती राष्ट्रहरुले त्यहाँ तैनाथ राष्ट्र संघिय मिशनको समयावधी विस्तार गर्ने निर्णय गरेका छन्।

 

राष्ट्रसंघले आइभरी कोष्टमा करिब दश हजार शान्ति सेना राख्ने निर्णय पनि गरेको छ। सर्वसाधारणको सुरक्षाका लागि राष्ट्र संघिय सेनालाई गोली चलाउन सक्ने अधिकार दिइएको राष्ट्रसंघले जनाएको छ। गत नोभेम्बर अठ्ठाइसमा सम्पन्न विवास्पद राष्ट्रपति निर्वाचनमा त्यहाँको निर्वाचन आयोगले पराजित घोषाणा गरेपनि सत्तारुढ राष्ट्रपति लउरेन्ट बाग्बोले पराजय स्वीकार गर्न इन्कार गर्दै समानान्तर सत्ता र सरकार गठन गरेपछि आइभरी कोष्ट तनाबग्रस्त बन्दै आएको छ।

 

निर्वाचन आयोगले सम्पन्न निर्वाचनमा विपक्षी उम्मेद्वार एलासेन ओटारा विजयी भएको घोषाणा गरेको भएपनि निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको संवैधानिक अदालतले निर्वाचन नतिजा उल्टाइदिएपछि दुबै उम्मेद्वारले आफु बिजयी भएको दाबी गर्र्दै समानान्तर सरकार गठन गरेका थिए। राष्ट्र संघ, युरोपेली संघ, अमेरिका लगायत अर्न्तराष्ट्रिय समुदायले निर्वाचन आयोगले विजयी घोषणा गरेको विपक्षी उम्मेद्वार एलासेन ओटारालाइ मान्यता दिदै आएको छ।