काठमाडौं । आज मंसिर ७ अर्थात् केही दिन अगाडिदेखि नै चर्चामा रहेको युवा संघलगायत एमालेका भ्रातृ संगठन र दुर्गा प्रसाईंको समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने दिन।
युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा प्रदर्शन गर्ने तयारी छ।
एकअर्काबीच आरोप–प्रत्यारोप गरिरहेका यी दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै सरकारले विशेष सुरक्षाको व्यवस्था गरेको छ।