स्वदेश छाडी समुन्द्र पारी आँसुको भेलमा बित्नेभो जीबन।
ज्युदै मार आगोमा पोल तर मलाई लाहुँरे नभन।
————–म्युजीक————–
लेखियो मेरो जीवन कथा आँसुको थोपाले।
मेटिए मेरा अतितका पाना दु:ख र ब्यथाले।
खै किन यस्तो जीन्दगी मेरो ऐलेको फुल जस्तै।
आशाका किरण बादलले ढाक्यो बिहानी नहुँदै।
स्वदेश छाडी————-
ज्युदै मार—————
देख्दछु सपना नराम्रा सधैं आकाशाइ खसेको।
त्यो सानो गाउँ स्याउले झूप्रो पैरोले च्याँपेको।
जेल्दैछु मैले सास्तिको संसार प्रदेशी भुमीमा।
नपरोस् फेरी मुग्लानी बन्न हो अर्को जूनीमा।
स्वदेश छाडी समुन्द्र पारी आँसुको भेलमा बित्नेभो जीवन।
ज्युदै मार आगोमा पोल तर मलाई लाहुँरे नभन।