गाजा क्षेत्रको दक्षिण भागको खान युनिस क्षेत्रमा प्यालेष्टाइन सशस्त्र समूह र इजरायली सेनाबीच दोहोरो भिडन्त भएको छ। सो क्रममा सशस्त्र समूहका दुइ सदस्यको मृत्यु भएको छ।
प्यालेष्टाइनको सुरक्षा विभागका अधिकारीले इजरायल सेनाले आज विहान सबेरै प्यालेष्टाइन इस्लामिक जिहाद सशस्त्र समूहका सदस्यहरुसँग गोलि हानाहान गरेको बताउनुभयो। उहाँले जिहादले गाजा क्षेत्रमा बीस भन्दा बढी तोप हालेको जानकारी दिनुभयो। साथै इजरायली सेनाले प्यालेष्टाइन सशस्त्र समूहका सदस्यहरुले इजरायल र गाजा क्षेत्रको सिमाना क्षेत्रमा बिस्फोटक पदार्थ राख्न खोजेकोमा सो भिडन्त भएको जनाएको छ ।