काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाण्डौको आदेश सदर गरेको हो । तर पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ ।
एक जना न्यायाधीशले बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको छ ।