काठमाडौं – मलेसियन कम्पनी एक्जियटा कम्पनीले ग्रुप एक्जियाटाले एनसेलमा लगानी गरेको ८० प्रतिशत सेयर बेलायतमा रहेको एक कम्पनीलाई बेचेको छ। एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ब्रिकी गर्ने सम्झौता गरेको हो।
मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेकाे नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलकाे ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएकाे छ । शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत शेयर खरिद गरेकाे आजिएटाले जनाएको छ ।
सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर सो कम्पनीलाई बेचिएको हो। सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ।
स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो।
एक्जियटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। आजियाटा बाहिरिने भएपछि उसको सेयर सो कम्पनीले किनेको हो।
स्पेक्ट्रलाइटका सञ्चालक सतीशलाल आचार्य हुन् । एनसेलमा हाल २० प्रतिशत शेयर स्वामित्व भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारकाे लगानी छ ।