काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १३ गते त्यसतर्फ गएका थिए ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई हिजो सम्बोधन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै उनीले जलवायु उत्सर्जनमा शून्य योगदान रहेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोग्नुपरेको बताए ।
प्रधानमन्त्रीले ‘जलवायु परिवर्तन प्रकृति र मानवता विरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेको उल्लेख गरेका थिए । उनले मानवजातीका लागि हिमाल बचाउन आह्वान गर्दै निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा नेपाल उभिएको प्रष्ट पारे ।
जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबाट नेपाललाई बहुपक्षीय लाभ भएको विश्लेषण गरिएको छ ।
जलवायु मुद्दामा नेपाल अन्यायमा परेको विषय विश्व समुदायलाई जानकारी गराउन, यूएईमा रहेका नेपालीहरुको समस्या पहिचान गरी समाधानको उपाय निकाल्न र यूएईका लगानीकर्ताहरुमाझ नेपालको लगानीमैत्री वातावरण ’bout जानकारी गराउन प्रधानमन्त्रीको भ्रमण फलदायी भएको विश्वास गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले पत्रकार सम्मेलन गर्दैछन । संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा सो पत्रकार सम्मेलन हुदैछ ।