– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – रिपोटस्र क्लबले पुरस्कारको लागि अक्षयकोषको स्थापना गरेको छ । उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान सहित पुरस्कृत गर्ने भएको हो ।
मगलवार सन्धिखर्कमा क्लबले जिल्लामा पहिलो पटक आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुरस्कृत गर्ने घोषणा गरिएको छ । क्लबले जिल्लामा कि्रयाशिल पत्रकारको लागि ३ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्नुका साथै जिल्लाबाट राष्ट्रिय मुल प्रवाहमा उत्कृष्ठ योगदान पुर् याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष रिपोटस्र क्लबको वार्षिक उत्सवको अवसरमा राष्ट्रिय स्तरको सम्मान र कदरपत्र सहित नगद रु १० हजार रुपैयाँले सम्मान गरिने क्लबका जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले घोषणा गरेका छन ।
स्थापना गरिएको अक्षयकोषबाट कि्रयाशिल पत्रकारका लागि सहयोग पुर् याउने उद्देश्य रहेको छ । राष्ट्रिय स्तरका साचार माध्यम मार्फत जिल्लाका हरेक विषयमा उत्कृष्ठ कमल चलाउने एक जना पत्रकारलाई उक्त पुरस्कारले सम्मान गरिने भएको छ । राष्टिय स्तरमै सकारात्मक प्रभाव पर्ने खालको समाचारलाई प्रथामिकता दिईने क्षेत्रीले बताउँनुभयो ।
त्यस्तै उच्च शिक्षामा अध्ययनरत गरिब असहाय तथा जेहेन्दार जिल्लाका छ जना विद्यार्थीलाई रसम्मान सहित छात्रवृद्धि दिईने भएको छ । उच्च शिक्षामा अध्ययनरत गरिब असाहय तथा जेहेन्दार मध्ये छ जना विद्यार्थीको लागि नगद र पढने व्यवस्था सहित छात्रवृद्धि दिईने क्लबले जनाएको छ । जिल्लामा बिरामीहरुलाई सहुलियत दरमा सेवा पुयाउनको लागि एउटा एम्बुलेन्सको सेवा सचालन गरिने लगायतका योजना रहेको छ ।
थप जानकारी आवश्यक परेमा सम्पर्क- ९८४७११०७७३