अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेन : प्रधानमन्त्री दाहाल

Open photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनु भएको छ ।

काठमाडौंमा बिहीबार आयोजित उत्तरदायी व्यावसायिक सम्मेलन उद्घाटन गर्दै उहाँले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनुभयो ।

1

आशा जगाउनका लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारी गरेको दाबी पनि गर्नुभयो ।

बिहीबार मात्रै शासकीय सुधारका विषयमा वृहत छलफल गरेको भन्दै दाहालले यस क्षेत्रमा केही नयाँ गर्नसके त्यसको प्रभावले अर्थतन्त्रमा पनि सुधार हुने अपेक्षा सरकारले गरेको बताउनुभयो । मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र नभएर सरकार र राज्यका सबै निकायहरु जिम्मेवार बन्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

111Open photo