भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा बढ्न सक्छ मूल्य

Open photoकाठमाडौँबढ्दो मूल्यलाई ख्याल गर्दै भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ।

Maharashtra government wipes tears of onion ryots

1

केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो।

1
भारतले आगामी वर्ष मार्च महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतको यो निर्णयले नेपाली नागरिकको चुल्होसम्म असर गर्न सक्छ। भारतको यो कदमले नेपाली बजारमा अब प्याजको मूल्य आकाशिन सक्छ।

विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।

111Open photo